
काठमाडौं । डिफेन्डिङ म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दोस्रो कीर्तिपुर नगरपालिका यू-१८ राष्ट्रव्यापी अन्तरस्थानीय तह पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँ बजारस्थित कीर्तिपुर कभर्डहलमा भएको फाइनलमा अन्नपूर्णले कास्कीको अर्को अन्नपूर्ण गाउँपालिकालाई ७४–६६ ले पराजित गर्दै उपाधि रक्षा गर्यो । जितमा सुजन परियारले २९ अंक योगदान गर्नुभयो । कास्कीको अन्नपूर्णका ओमकार रखालले ३३ अंक जोडे पनि जितका लागि पर्याप्त भएन ।
उपाधिसँगै म्याग्दीको अन्नपूर्णले एक लाख नगद पुरस्कार पायो भने उपविजेता कास्कीको अन्नपूर्णले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो । कीर्तिपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा म्याग्दीको अन्नपूर्णका रनिक गर्बुजा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुँदै १० हजार नगद पुरस्कार हात पार्नुभयो ।
विजेतालाई संघीय सांसद एवं युवा तथा खेलकुद पूर्वमन्त्री राजेन्द्र केसी (राजन), बागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारीमन्त्री पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी र उपमेयर शुभलक्ष्मी शाक्य, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गर्नुभयो । फागुन ६ गतेदेखि सुरु प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच