काठमाडौं । राजबहादुर सानेको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘सिटामोल’को छायांकन सकिएको छ । निर्देशक सानेले काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै छायांकन सिन्धुलीमा सकिएको जानकारी गराउभयो ।
चलचित्रको छायांकन २५ दिनसम्म सिन्धुलीमा गरिएको हो । सिनेमाको छायांकन सहज वातावरणमा रमाइलोसँग सकिएकाले राम्रो बनेको निर्देशक सानेले बताउनुभयो । अहिलेको अवस्थामा नै काम भएको खण्डमा तीजमा चलचित्र रिलिज लक्ष्य राखिएको निर्माण टिमले जानकारी दिएको छ ।
चलचित्रको छायांकन सकिएपछि निर्माण टिमले मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्वीरसमेत सार्वजनिक गरेको छ । सार्वजनिक तस्वीरले दर्शकमाझ चलचित्रप्रति उत्साह पैदा गर्ने देखिन्छ । चलचित्रमा उहाँहरू श्रीमान्–श्रीमतीको रुपमा प्रस्तुत भएको बुझ्न सकिन्छ ।
तुलसी देवी फिल्म प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा सौगातले जनयुद्धको घाइतेको भुमिका निवार्ह गर्नुभएको छ । चलचित्रमा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।
चलचित्रको कथा निर्देशक साने स्वंयमले लेख्नुभएको छ । बाबुल गिरीको संगीत रहेको चलचित्रमा दिव्य सुवेदीको छायांकन छ । चलचित्रमा भुगोलकुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजयकुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच