काठमाडौं । नेपालको अन्य क्षेत्र जस्तै दुग्ध क्षेत्रमा पनि ऊर्जा दक्षतामा जोड दिइएको छ । राजधानीमा आयोजित डेरी क्षेत्रमा ऊर्जा दक्षता कार्यशालामा सरोकारवालाले ऊर्जा दक्षताले उत्पादन लागत घटाउने बताए । नेपाल डेरी एसोसिएसन र स्विस कन्ट्याकरकासा कार्यक्रमको सहकार्यमा आयोजित कार्यशालाका वक्ताहरूले डेरी उद्योगमा ऊर्जाको माग र प्रयोग बढिरहेका सन्दर्भमा ऊर्जा खपत घटाउँदै उत्पादन लागत घटाउन सकिने बताएका ह्न् ।
एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले ऊर्जा प्रयोगमा लागत कटौती गर्न ऊर्जा अडिट आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खासमा हामीले ऊर्जा प्रयोगमा ध्यान नै दिँदैनौँ । सचेत भएर ऊर्जा खपत गर्ने हो भने ५० प्रतिशतसम्म बचत गर्न सकिन्छ, जसबाट दुग्ध पदार्थको लागतसमेत कम गर्न सकिन्छ ।’ पास्चराइजेसन, चिलिङ र वितरण प्रक्रियामा डेरी क्षेत्रमा धेरै ऊर्जा खपत हुने गरेको छ ।
कार्यशालाले नेपाली डेरी क्षेत्रमा ऊर्जा कुशल अभ्यासको आर्थिक र वातावरणीय फाइदाबारेमा ज्ञान आदानप्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा ऊर्जा अडिटलगायतका विषयमा उद्योगीको सचेतना अभियान अघि बढाइने पनि उहाँले बताउनुभयो । दुग्ध उद्योगमा उच्च ऊर्जा खपतले लागत बढ्नुका साथै हरितगृह ग्याँस उत्सर्जन र जलवायु परिवर्तनमा समेत प्रभाव पार्ने वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रकी सहायक निर्देशक शुभलक्ष्मी श्रेष्ठले बताउनुभयो ।
सूर्योदय मिल्क तथा वेभरेज इण्डष्ट्रीका निर्देशक मनोज यादवले कारखाना स्थापनाका क्रममा न्यून विद्युत् खपत गर्ने प्रविधि अपनाउनुपर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच