विश्वविद्यालयमा ठाडो राजनीतिक हस्तक्षेप भइरहेको छ : सांसद रावल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप भइरहेको बताउनुभएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गुणस्तरीय र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको संख्या भन्दै सरकारले त्यसमा आवश्यक ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय मुलुकको आवश्यकतामा आधारित प्राविधिक जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई प्राज्ञिक मर्यादा कायम राख्न नसकेको बताउनु भयो । उहाँले विश्वविद्यालयको संरचनामा परिवर्तन र सुदृढिकरण गर्न ढिला भइसकेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय गुणस्तरीय र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको संख्या बढिरहेको छ । चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय मुलुकको आवश्यकतामा आधारित प्राविधिक जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई प्राज्ञिक मर्यादा कायम राख्न सकेका देखिँदैन । विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप देखिन्छ । त्यसैले विश्वविद्यालयको संरचनामा परिवर्तन र सुदृढिकरण गर्न ढिला भइसकेको छ ।’

उहाँले विश्वविद्यालयको प्रभावकारी व्यवस्थापनमार्फत पनि विद्यार्थीहरुलाई स्वदेशमै रोक्न सकिने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?