बारा । बारामा ग्यास सिलिण्डर पडकिदा एक जनाको मृत्यू भएको छ भने पाँच जना घाइते भएका छन् ।
सोमबार निजगढ नगरपालिका ७ निजगढ बजारमा संचालनमा रहेको रोहित वर्कसप लेथमा ग्याँस वेल्डिङ्ग गर्ने क्रममा ग्यास सिलिण्डर पडकिँदा साेही नगरपालिका ५ का ४५ वर्षीय रेशम मगरको वीरगंजस्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक दधीराम न्यौपानेले बाउनुभयो ।
रेशम मगरले संचालन गरेको रोहित वर्कसप लेथमा ग्यास वेल्डिङ्ग गर्ने क्रममा सोमबार अपरान्ह १२ बजे अचानक ग्यास सिलिण्डर पड्किएको प्रनाउ घिमिरेले बताउनुभयो ।
ग्यास सिलिण्डर पडकिएर घाइते भएका मगरलाई निजगढमा उपचार हुन नसकेपछि बीरगंज स्थित वयोधा अस्पतालमा लगिएको थियो उहाँले भन्नुभयो, ‘उपचारकै क्रममा संचालक मगरको दिउँसो डेढ बजे मृत्यू भएको उहाँले जानकारी दिनुभयो ।
ग्यास सिलिण्डर पडकिएर निजगढ नगरपालिका ५ का ४५ वर्षीय सुर्यबहादुर थापा घाइते भएकोमा उहाँको सामुदायिक अस्पताल निजगढ उपचार भईरहेको, जिल्ला पर्सा, वीरगंज महानगरपालिका ९ का ३४ वर्षीय फिरोद देवान, वीरगंज महानगरपालिका ९ का २० वर्षीय रितु रजत, भारत, गवाईका ३५ वर्षीय राकेश जयसवाल र भारत, रामगढवाका २० वर्षीय अरविन साहको बीरगंज स्थित बयोधा अस्पताल उपचार भइरहेको प्रनाउ न्यौपानेले बताउनुभयो ।
घाइते भएकाहरु मगरकै वर्कसपमा काम गर्ने कामदारहरु रहेको प्रनाउ घिमिरेले बताउनुभयो । सिलिण्डर पड्केको बारेमा अनुन्धान भइरहेको उहााले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच