काठमाडौं । बालकुमारी घटनाको प्रतिवेदनलाई अध्ययन गरी सरकारलाई आवश्यक सिफारिस गर्न दुई जना मन्त्रीलाई जिम्मेवारी दिने निर्णय भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिवेदन अध्ययन गरी फागुन २० गतेभित्र सिफारिस गर्न ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत र कानुन मन्त्री धनराज गुरूङलाई जिम्मेवारी दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
यस घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने भन्दै नेकपा एमालेले माग गरिरहेको छ। मन्त्री ज्वाला चढ्ने सरकारी गाडी पनि प्रदर्शनमा उत्रिएकाहरूले आगजनी गरेका थिए।
साथै बैठकले अस्पतालसम्बन्धी विवादलाई लिएर सर्लाहीको बरथवामा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ ।
बरहथवा(६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा साहको निधन भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच