
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभामा प्रस्तुत विषयसूचीमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित पदाधिकारीहरूले साधारणसभा बहिष्कार गर्नुभएको छ । साधारणसभाको विषयसूची तय गर्न एन्फा मुख्यालयमा फागुन ३ गतेदेखि ६ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक सञ्चालन भएको स्मरण गर्दै उनीहरूले विभिन्न विषयमा घनिभूत छलफल भएको तर बहुमत सदस्यहरूको निर्णयमा असहमति रहेकाले निर्णयहरू नभएको बताएका छन् । उनीहरूले महासचिव किरण राईले उपस्थितिको हस्ताक्षरको दुरूपयोग गरी निर्णय भएको भनी विषयसूची पेश गरेकोमा आफूहरूको गम्भीर असहमति रहेको बताइएका छन् ।
वरिष्ठ उपाध्यक्ष खड्कासहित उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी (कुमार), सदस्यहरू अनिल मल्ल, रविन्द्र चन्द, मनिष जोशी, रूपेश अधिकारी, भोजराज शाही, रमेश व्यञ्जनकारले साधारणसभा बहिष्कार गर्नुभएको हो । देशबाहिर रहनुभएकी सदस्य पेमा लामाले पनि बहिष्कारमा आफ्नो सहमति रहेको जनाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच