कोलम्बो । श्रीलंकाका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलंकामा पर्यटकको संख्या २५ लाखभन्दा बढी हुनसक्ने बताउनुभएको छ । उहाँले सन् २०२४ जनवरी र फेब्रुवरीमा पर्यटकको आगमनलाई ध्यानमा राखेर लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । उहाँले सन् २०२३ जनवरीमा मुलुकमा एक लाखमात्र पर्यटक आएको तुलनामा सन् २०२४ को जनवरीमा यो संख्या बढेर दुई लाख १० हजार पुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार फेब्रुवरीमा अहिलेसम्मको आगमन दर अझ धेरै छ । आधिकारिक आँकडा अनुसार सन् २०२३ फेब्रुवरीमा एक लाख सात हजार ६३९ पर्यटक आएका थिए भने सन् २०२४ को फेब्रुवरी १ देखि १८ सम्म एक लाख ३८ हजार सात सय ३६ पर्यटक आइसकेका छन् । मन्त्री साब्रीले श्रीलंकामा आर्थिक संकट स्थिर भएको र सुधारको संकेत देखिन थालेको बताउनुभयो । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच