इण्डोनेसियामा पहिरोमा परी ४ जनाको मृत्यु, ६ जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । इण्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तमा सडकमा पहिरो जाँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन् ।

दक्षिण सुलावेसी प्रकोप न्युनिकरण एजेन्सीका कार्यवाहक प्रमुख एमसन पान्डोलोले स्थानीय समयअनुसार बिहान करिव ९ बजे बास्टेम उतारामा भीषण वर्षाका कारण पहिरो गएको बताउनु भयो । पहिरोबाट २० जनाभन्दा बढी प्रभावित भएको बताइएको छ ।

पहिरोमा १० भन्दा बढी मोटरसाइकल र दुईवटा कार पुरिएको छ । वर्षा याममा इण्डोनेसियामा बाढी र पहिरो जस्ता प्रकोपहरू प्रायः हुने गर्दछ ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?