बलिउड स्टारका बडीगार्ड : जसले लिन्छन करोडौं रुपैयाँ पारिश्रमिक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बलिउड स्टारका बडीगार्डले पनि करोडौं रुपैयाँ पारिश्रमिक पाउँछन् भन्दा तपाइँलाई अचम्म लाग्न सक्छ । तर याे सत्य हाे । बलिउड स्टारको पारिश्रमिक मात्रै होइन उनीहरुका अंगरक्षकको तलब पनि करोडौंमा छ । एउटा फिल्म खेल्दा करोडौं रुपैया पारिश्रमिक लिने बलिउडका अभिनेताले आफ्ना बडीगार्डलाई पनि बार्षिकरुपमा करोडौं रुपैयाँ तलव दिने गरेकाछन् । आज हामीले बलिउडका चर्चित अभिनेता र उनका बडीगार्डको तलव बारे चर्चा गर्दैछौं ।

शाहरुख खान 

बलिउडका ‘पठान’ शाहरुख खान आफ्नो सुरक्षाको विशेष ख्याल राख्छन् । उनका अंगरक्षकको नाम रवि सिंह हो । रवि सिंहले शाहरुखलाई विगत लामो समयदेखि सुरक्षा दिइरहेका छन् । बलिउड मिडिया रिपोर्टका अनुसार शाहरुख खानले रविलाई वार्षिक २.७ करोड पारिश्रमिक दिने गरेकाछन् ।

अक्षय कुमार

बलिउडका चर्चित अभिनेता अक्षय कुमारका अंगरक्षकको नाम श्रेयस ठेले हो । अक्षयले श्रेयस ठेलेलाई आफ्नो परिवारको सदस्यलाई जस्तै माया र केयर गर्दछन् । अक्षयका धेरै पारिवारीक कार्यक्रमहरुमा पनि उनिहरु संगै देखिएका छन् । मिडिया रिपोर्टकाअनुसार अभिनेताले श्रेयसलाई वार्षिक १.२ करोड पारिश्रमिक दिने गरेका छन् ।

सलमान खान 

फिल्ममा बडीगार्डको भूमिका निर्वाह गरेका सलमान खानले आफ्नो व्यक्तिगत सुरक्षामा करोडौं रुपैयाँ खर्च गर्छन् । तपाईले प्रायः सलमान खानका अंगरक्षक शेराको नाम सुन्नु भएकै होला । सलमान सामेल भएका बिभिन्न कार्यक्रममा सेराको पनि चर्चा हुने गरेको छ । सेराको खास नाम गुरमीत सिंह जोली हो । सलमानले शेरालाई वार्षिक २ करोड रुपैयाँ पारिश्रमिक दिने गरेका छन् ।

आमिर खान

बलिउडका मिस्टर परफेक्ट अर्थात् आमिर खानले पनि आफ्नो सुरक्षाको लागि बार्षिक करोडौं रुपैयाँ खर्च गर्ने गरेका छन् । आमिर खानका अंगरक्षकको नाम युवराज घोरपडे हो । आमिर आफ्नो अंगरक्षकलाई अत्यधिक प्रेम गर्दछन् । आमिरले युवराजलाई बार्षिक २ करोड पारिश्रमिक दिने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?