नवलपरासी । क्लोरिन भएको पानी पिउनेका लागि योग्य हुने लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक खिमलाल पाण्डेले बताउनु भयो ।
क्लोरीन भएको पानीमा केही गन्ध आउने बताउँदै उहाँ भन्नुहुन्छ, 'क्लोरीन भएको पानीमा केही गन्ध आए पनि पिउन नछाड्नुहोस् । क्लोरीन भएको पानी पिउँदा स्वास्थ्यलाई राम्रो हुन्छ ।' प्रतिलिटर शुन्य दशमलब १ देखि शुन्य दसमलब ५ भएमा पानी पिउने सबै भन्दा राम्रो हुने पाण्डेको भनाइ छ ।
बर्दघाट खानेपानीको सभाहलमा खानेपानी सुरक्षा योजनाको अभिमुखिकरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालायका ल्याब टेक्निसियन सुमन सापकोटाले पिउने पानीमा शुन्य दशमलब ५ क्लोरीन भएमा उपभोक्ताको घरको धारासम्म शुद्ध पानी पठाउन सकिने बताउनु भयो । पानी धमिलो देख्दैमा वा पानीमा चुना देख्दैमा उक्त पानी पिउन अयोग्य नहुने बताउँदै सापकोटाले क्लोरीन राखेको पानी धमिलो भएपनि पिउन राम्रो हुने उल्लेख गर्नु भयो ।
पानी उमालेर खाँदा सबै भन्दा राम्रो भएपनि खर्चका हिसाबले कम खर्चिलो र स्लो सेन्ट फिल्टर र रेपिट सेन्ट फिल्टर गर्दा ब्लीचिङ्ग पाउडर राख्ने बिधि राम्रो हुने उहाँले बताउनु भयो । क्लोरीन राखेपछि तापक्रम, क्लोरीनको मात्रा, पानीमा हुने धमिलो पना जस्ता कुराले प्रभाव पार्ने बताउनु भयो । 'प्रतिलिटर शुन्य दशमलब ५ प्रतिलिटर क्लोरीन छ भने ३० मिनेट पछि पानी पिउन योग्य हुन्छ ।' सापकोटाले भन्नुभयो ।
खानेपानी महासङ्ग लुम्बिनी प्रदेशका अध्यक्ष थानप्रसाद गैरेले पानी उपलब्ध गराउने भन्दा पनि शुद्धपानी उपलब्ध गराएका छौँ कि छैनौं भन्ने प्रश्न रहेकाे बताउनु भयाे । उपभोक्ताको घरमा धारो राख्ने भन्दा पनि धारामा गएको पानी सुरक्षीत छ भन्ने ग्यारेन्टी दिन सक्नुपर्ने आवस्यकता रहेको उहाँले बताउनु भयो । लुम्बिनी प्रदेशमा सुरक्षित खानेपानी घोषणा गरिने कार्यक्रम अगाडि बढाएको गैरेले बताउनु भयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ओम प्रकाश पन्थीले दुषित पानीका कारण धेरै रोगहरु लाग्ने बताउँदै शुद्धपानी पिउँदा स्वास्थ्यमा राम्रो हुने बताउनु भयो ।
बर्दघाट नगरपालिकाका वास युनिट सयोजक कृष्णहरी पौडेल, बर्दघाट खानेपानीका पुर्व अध्यक्ष कमानसिह थापा, सिदिबिलास हमाल, निवर्तमान अध्यक्ष धातान्दन बस्याल, बेलाहानी खानेपानीका अध्यक्ष बृहस्पति अधिकारी, खानेपानी महासङ्गका नवलपरासीका अध्यक्ष देविदत्त सापकोटा, नेपाल पत्रकार महासङ्ग नवलपरासीका कोषाध्यक्ष प्रकाश न्यौपाने लगायतले बोल्दै खानेपानी सुरक्षा योजनाको भूमिकाका बिषयमा चर्चा गर्नु भयो ।
बर्दघाट खानेपानीका सचिव शोभाकान्त कोइरालाको सञ्चालन र अध्यक्ष दीपक लम्सालको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा पञ्चनगर खानेपानी, चिसापानी खानेपानी, बेलहानी खानेपानी, दाउन्नेदेवी खानेपानी र जहदा मनरी खानेपानीका प्रतिनिधिहरु र बर्दघाट खानेपानीका कार्यसमिति, लेखा समिति, सल्लाहकार, सुरक्षा योजनका सदस्य, कर्मचारी, सामुदायिक वन, उद्योग बाणिज्य संघ बर्दघाट र स्वयं सेविका गरी करिब ६० जनाको सहभागीता थियाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच