मोरङ । नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको आयोजना र उर्नि तुन्जाई सांस्कृतिक मञ्च, केन्द्रीय कार्यसमितिको सह-आयोजनामा मोरङको उर्लाबारी-३ स्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थलमा धिमाल समुदायको परम्परागत पुख्र्यौली जन्मदेखि मृत्युुसम्म गरिने सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा धिमालको संस्कार र संस्कृतिबारे उजागर तथा संरक्षण सम्बद्र्धनमा उल्लेखनीय योगदान गरेका तथा गर्दै आएका संस्कृति विद् र कलाकारलाई सम्मान गरिएको थियो । कार्यक्रममा अग्रज तथा संस्कृतविद्हरू कविन्द्र धिमाल, चन्द्रकान्त धिमाल, हरि धिमाल, अम्बर धिमाल, गोलान्धर धिमाल, धनबहादुर धिमाल र टेकबहादुर धिमाललाई सम्मान गरिएको थियो ।
चन्द्रकान्त धिमाल, कविन्द्र धिमालले धिमाल जाति र संस्कृतिका बारेमा आ-आफ्ना भनाइ राख्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि उर्लाबारी नगरपालिका उप-प्रमुख मीना खतिवडाले हरेक जातिले आफ्नो कला, संस्कार, संस्कृति र जातित्व जोगाउन आफैं जागरुक हुर्नुपर्ने धारणा राख्नुभएको थियो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ डाक्टर किरातीको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथिमा संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ देवकुमार चौधरी, उर्लाबारी नगरपालिकाका-३ का वडाअध्यक्ष भीष्मराज बुढाथोकी, धिमाल जातीय विकास केन्द्रका अध्यक्ष अम्बरबहादुर धिमाल रहनुभएको थियो । यस्तै अतिथिहरूमा नेपाल चलचित्र महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण प्रधान, कवि तथा साहित्यकार दीलिपसगर राई, धिमाल जातीय विकास केन्द्र केन्द्रीय सह-अध्यक्ष केदार धिमाल, उर्नि तुन्जाइ सांस्कृतिक मञ्चका अध्यक्ष नरसिंह धिमाल, धिमाल जातीय विकास केन्द्रका महासभा सह-अध्यक्ष कविन्द्र धिमाल र वरिष्ठ कलाकार तुन्जाई सांस्कृतिक मञ्चका भूपू अध्यक्ष हरि धिमाललगायत रहनुभएको थियो । कार्यक्रमको सहजीकरण उर्नी तुन्जाई सांस्कृतिक मञ्चका सचिव भूमिराज धिमालले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच