काठमाडौं । के एण्ड ए इञ्जिनियरिङ परामर्श पिसीले सोमबार नेटवर्किङ एवं च्यारिटी कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपालको इञ्जिनियरिङ र प्रविधि शिक्षा, रोजगारीका परिदृश्य र सम्भावनाबारे विभिन्न विशेषज्ञ, प्राज्ञिक विज्ञ र विद्युतीय इञ्जिनियरिङका व्यक्तित्वबीच छलफल भएको थियो ।
नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोमसनको समेत उपस्थिति रहेको कार्यक्रममा सिडर गेट, डियरहोल्ड नेपाल, फ्युजमेसिन्स नेपाल, अमेरिकन चेम्बर अफ कमर्स, युएसएआइडी, विश्व बैंक, एनइए, एडिबी जस्ता गैर-सरकारी संस्थाको पनि सहभागिता थियो ।
सो अवसरमा के एण्ड एका अध्यक्ष एवं सिइओ पूर्ण खरेलले नेपालमा स्टिम एजुकेसनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । नेपालमा इञ्जिनियरिङसम्बन्धी राम्रो पढाइ भएको तर पढाइपछि रोजगार बजारमा टिक्न समस्या रहेको उहाँको भनाइ थियो । के एण्ड एले पछिल्लो तीन महिनामा नेपालका ४० भन्दा बढी इञ्जिनियरलाई रोजगार प्रदान गरेको जनाएको छ ।
कार्यक्रमबीच के एण्ड एले सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँदै एक्सन फर नेपाल र वुमन लाइट द वल्र्डलाई आर्थिक सहयोगसमेत गर्ने भएको छ । क्रमशः पाँच लाख, एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोगको प्रतिबद्धता जनाएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच