अक्रियमाणस्यकालः पिवति तद्रसम् । नेपाली कांग्रेसले धेरै ढिलो गरी आफ्नो माहा समितिको बैठक सम्पन्न गरेको छ । आदरणीय सभापति श्रीशेरबहादुर देउवालाई विधान भनेको के हो आजसम्म पनि अत्तोपत्तो रहेनछ कि पत्नीले विधान पालन गरेर होइन विधान उल्लंन गर्ने मान्छे महान् शक्तिशाली हुन्छ नपत्याए मेरा पुर्खालाई हेर्नोस् या त पृथ्वीनारायण शाहका सन्तानलाई हेर्नोस् । उनीहरू सत्तामा कसरी १०४ वर्ष र २३९ वर्षसम्म टिकेका थिए भनेर निकै सुर्याएको हुनाले हो ? जबदेखि उनी कांग्रेसको संस्थापन पक्षीय भएर कोल्टे फेर्ने मौका पाए तबदेखि नै पार्टीको न विधान माने न त आफूले गरेको निर्णय नै पालन गर्नुपर्दछ भन्ने ठाने । उहाँका अनन्त गुण छन् जसको वर्णन गर्न मजस्ता अदना र टिचर चरीको के पिताम चलोस् ।
कहाँ साँठगाँठे गठबन्धने महाप्रभु कहाँ यो चकडस्टरे माष्टर । उहाँमा विशेष खुबी नभएको भए मान्छे चिन्न र व्यवहार गर्न अचुक विप्र कोइरालाजस्ताले किन मन पराउँथे ? गिरिजाप्रसाद कोइराला जसले यो देशमा कांग्रेसको संगठन गरेर कांग्रेसलाई देशका कुनकन्दरामा पुर्याएका थिए उनले पनि राचपौ र शेबदेलाई आफ्नै असल उत्तराधिकारी ठानेका थिए । जसरी बाले छोरालाई पढेन ठीक काम गरेन भने सम्झाउँछन्, हप्काउँछन् र कहिलेकाहीँ त्यतिले काम नचल्दा दण्डित पनि गर्दछन् । गिरिजा बाबुले पनि उहाँलाई ठीक ठाउँमा राख्नकै लागि शैलजा आचार्य र सुशील कोइरालालाई प्रधानमन्त्री नबनाएर शेबदेलाई नै मौका दिनुभयो आफू पार्टीको हितका लागि कतै पनि नलाग्ने भन्ने निहुँमा तटस्थ बसेर आफ्ना नजिकका मान्छेलाई त्यागी शेबदेलाई नै अवसर दिएका थिए ।
यस महासमितिका निर्णयले तमाम नेपाली बौद्धिक समुदाय आश्चर्यान्वित भएको छ । गगन थापा र शेरबहादुरका अवधारणा भनेका नितान्त प्रतिलोम धारणा थिए ती दुवै पास भएको समाचारले कांग्रेस परिचय गुमाउँदै गएको सन्देश दियो । नेपाली लोकले भन्छ दुवै हातमा लड्डू असम्भव हुन्छ ।
आज उनैले नेपाली कांग्रेसलाई जिली न गाँठीको बनाइदिए । आज यस पार्टीसँग सुनौला क्षणको इतिहास छ तीन-तीन पटक गरेका शान्तिपूर्वकका इतिहासका दस्तावेज छन् तर पार्टी मृत अवस्थामा पुगेको देखिन्छ । सत्ता र शक्ति चाहिने शेबदे वामको वैशाखी टेकेर उनलाई सत्ता फाबेको देखिन्छ । उनी कर्ममा भन्दा भाग्यमा विश्वास गर्दछन् । अब त उमेरले पनि डाँडो काटेको हुनाले वामप्रति बढी भरोसा प्रदर्शन गर्न लागेका छन् । कांग्रेसमा अलोकप्रिय छन् पनि कसरी भन्नु ? गणेशमानपुत्र र निधिपुत्रलाई धन दिएर होस् या मन दिएर होस् जेलयात्रादेखि भ्रष्टाचार यात्रासम्म साथै लिएर जान उनी सक्षम भएका थिए ।
कोशीमा भएको गठबन्धनविरुद्धको विद्रोहलाई पनि डा.शेखरलाई विश्वास दिलाएर हो या थर्काएर हो त्यो विद्रोहलाई पनि गठबन्धनमा नै विलीन गराउन सफल भए । आठ वर्षमा नेपाली कांग्रेसको महाधिवेशन बल्लतल्ल गराएका थिए । त्यसबेला आफ्नो हुर्मत काडिने देखेर उनले नीति महाधिवेशन पछि गर्ने भनिदिए । कांग्रेसमा भएका युवक समूह र डा.शेखर कोइरालाका चेपमा परेरमात्रै पनि उनले नीति महाधिवेशन गरेनन् । नीति महाधिवेशनलाई महासमितिमा परिणत गरेर पनि सार्दा सार्दा सार्ने ठाउँ नै नरहेपछि भएको महासमितिलाई पनि नीति र निर्णयबेगरको बनाएर राखिदिए । यत्रो पावर भएका सभापति पनि सगल्ती सभापति नरहेर सार सभापति, अल्छे सभापति, गूटका सभापति, पत्नीका पति सभापति बनेर देखिनुपर्ने बनायो परिस्थितिले । समय एव करोति बलाबलम् । बहानाबालों को बहाना चाहिए ।
अनेकौं प्रपञ्च गरेर सार्दासार्दै पनि शेरबहादुरले गएको फागुन ७ गतेदेखि १० गतेपर्यन्तको महासमिति राख्नै पर्यो । नेपाली कांग्रेसले ऐतिहासिक प्रखरता र मध्यमार्गी धार परित्याग गरेकामा भने कम्युनिष्टको गढ मानिएको झापा जिल्लाका साथीहरूले पनि दुःख मानेको पाइँदोरहेछ । म काम विशेषले त्यस बेला झापामै थिएँ । धेरै वामपन्थी साथीले पनि कांग्रेसले मध्यमार्ग परित्याग गरेकोमा चित्त दुःखाएको कुरो मसँग गरे । पुराणइतिहासमा भएका नराधमसँग अहिलेको नेताको तुलना गरेर आपसमा कुरा गर्दा सबैको चित्त अमिलिँदोरहेछ । मेरोमात्रै हो कि भन्ने भ्रम थियो मलाई तर होइन रहेछ ।
नेपाली कांग्रेस भनेको यो देश र यस देशका जनताको बौद्धिक चेतना र टाढासम्म हेर्ने दूरदर्शन सामथ्र्य भएको नजर थियो । यस महासमितिका निर्णयले तमाम नेपाली बौद्धिक समुदाय आश्चर्यान्वित भएको छ । गगन थापा र शेरबहादुरका अवधारणा भनेका नितान्त प्रतिलोम धारणा थिए ती दुवै पास भएको समाचारले कांग्रेस परिचय गुमाउँदै गएको सन्देश दियो । नेपाली लोकले भन्छ दुवै हातमा लड्डू असम्भव हुन्छ । चिची पनि पापा पनि पाइँदैन । दिन र रात एकै समयमा सम्भव छैन । त्यस्तो लक्षणमात्रै देखियो भने पनि संसार तर्सन्छ, कहालिन्छ । के हुन लाग्यो संसार आजैसम्मका लागि मात्रै हो ? भनेर मनमा अनेकांै आँधी तुफानका भुमरी आउन सक्छन् ।
शेरबहादुर देउवा कृष्णपक्षका मध्यरात हुन् भने डा.शेखर, गगन, विश्वप्रकाश, डा.चन्द्र, धनराज गुरुङ, प्रदीप पौडेल आदि हुनेवाला उज्यालाका शुक्रतारा मानेका छन् नेपाली जनताले । विश्वमा भएका र हुनसक्ने मानव शोषण, प्राकृतिक अपदोहनका विरुद्ध विश्वव्यापी आवाज उठाएर ज्यादती र अहमन्य प्रवृत्तिको अन्त्य गर्ने एउटा विश्वव्यापी कांग्रेस आन्दोलनको नेपाली संस्करणले आफ्नो जिम्मेवारी नै पूरा नगरीकन ओझेल पर्नुपरेको देखेर भने विश्वविरादरीले वर्तमान नेपाली कांग्रेसको सभापतिलगायत केन्द्रीय कार्य समितिलाई कंसप्रवृत्तिको प्रवद्र्धन मानेका छन् । विवेक, विचार, नीति, संगठनमाथि भएको ज्यादती नै यसको कारणका रूपमा मानेका छन् ।
समानता (कानुनी, धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक) स्वतन्त्रता, विश्वभ्रातृताजस्ता कुराको नारा दिएर १०४ वर्षको राणा शासन र तिनैका आधारका पीठमा जातीय विभेद, धार्मिक विभेद र सामाजिक विभेद एवं लैंगिक विभेदको अन्त्यका निमित्त संघात्मक राज्यको स्वरूप स्वीकारेर संसदीय पद्धतिमा समेत देश, काल, परिस्थिति अनुसार नवनिर्माण गर्न नहिच्किचाउने चरित्रको परिचय दिने कांग्रेस गठबन्धनका जुइनाले टन्टन्ती कसिएर रहेको भन्दा पृथक सन्देश दिन नसक्नाले कांग्रेसलाई यसले नवऊर्जा होइन मुमूर्षा (प्राणन्त) का अवस्थामा पुर्याएको प्रसारित भएको छ ।
अतः देउवा, ओली र दाहालले आफ्ना सारा अहं परित्याग गरेर पार्टीका संस्थापक नेताहरूका पाइला पछ्याउन दिनु राम्रो हुनेछ । राजनीति देश र जनताका लागि गर्ने हो भने पद, प्रतिष्ठा र शक्ति हत्याउने उद्देश्यले भन्दा जनताको सेवा गर्ने र देशको विकास गर्ने उद्देश्यलाई आत्मसात गर्नुपर्दछ ।
दलमा दलनायकले भनेको मान्नु एउटा अनुशासन हो तर दलको इतिहास नै धुमिल हुनेगरी दलनायकले काम गर्दा पनि मुखमा एक चम्चा पानी, कानमा ठेडी र आँखामा पट्टी बाँधेर बस्ने नेपाली कांग्रेस र नेकपा एमालेका दोस्रो तेस्रो तहका नेता तथा कार्यकर्ता भनाउँदा चाहिँ यी दुवै दलमा नायक बनेका कंस जन्माउने पिता हुन् । स्वस्थ र सकारात्मक एवं संरचनात्मक आलोचना बेगरको नायक कि मूर्ख हुन्छ कि दानव या नृशंस उन्मत्त हिंस्रकवृत्तिको बाघ बन्छ । के यी दुवै पार्टीका कार्यकर्ता, शुभेच्छु र मतदाताले आआफ्ना दलनायकलाई नरभक्षी बाघै बनाउन खोजेका हुन् त ? मलाई त्यस्तो लाग्दैन । बुद्धि नपुगेर, लोभले आसलेमात्रै मान्छेले मान्छेको ताबेदारी गरेको मैले पढेको, देखेको र सुनेको पनि छु ।
यस प्रकारका कार्यकर्ता या शुभेच्छुले तिनलाई पञ्चले राजसंस्था मासे झैँ मास्ने काम गर्दछन् । मासिन नेताले खोजेको होला न त कार्यकर्ताले खोजेको होलान् तर मासिनेमा बुद्धिहीनताका कारणले दुवैथरी लागेका देखिएका छन् । सर्पिणी स्वशिशु भक्षति भनिन्छ । व्याघोद्रपि स्व शिशु भक्षकः आफ्नै शिशु कि बाघले खान्छ कि भने सर्पले खान्छ । शिशुले माउ खाने चाहिँ माकुरा (ऊर्णनाभि) जातिमा चलेको देखिन्छ । अर्कालाई उपयोग गरेर आफ्नो वंशवृद्धि गर्ने काम चाहिँ कोयली र कमलकोटीले गर्दछ । माओवादीले कोयली र कमलकोटीको प्रवृत्ति अवलम्बन गरेपनि उसको चरित्र परपीडक प्रवृत्तिको भएको हुनाले त्यसबाट सोचेजति उपलब्धि भने माओवादीले कहिल्यै पनि प्राप्त गर्न नसक्ने अभिलक्षण देखिइसकेको छ ।
ओली र शेरबहादुरले पनि पटकपटक अवसर पाएर पनि गिरिजाप्रसाद, मनमोहन, गणेशमान र पुष्पलालको जस्तो सुनाम कमाउन तिनमा रहेको रजोगुणी प्रवृत्ति र तमोगुणी प्रवृत्तिका कारणले सम्भव देखिएको छैन । पुष्पलाल वामपन्थी भएपनि रजोगुणी थिए । रजोगुणीले नयाँ सृजना गर्न पनि सक्छन् तर रजोगुणको मात्रा मत्थरिएका बेला काम, लोभ, दम्भको विकास हुने सम्भावना हुन्छ । शेरबहादुरमा सुरुदेखि नै रजोगुणको आधिक्य भएपनि तमोगुणको वशीभूत हुन पुगे कूटनीतिज्ञका कारणले । कृष्णप्रसाद भट्टराई सत्वगुणी थिए । उनमा पनि सत्वगुणको आधिक्य र रजोगुणको न्यूनता भएका कारण बेलाबेला नजाँनिदो पारामा विपीलाई पनि आफ्नो असहमति प्रकट गर्न पुग्दथे । सत्व, रजस् र तमस्मध्ये कुनै एक गुणको आधिक्य र अरू दुईमध्ये कुनै एकको न्यूनताको योगबाट समग्र मानवीय प्रवृत्तिको निर्माण भएको हुन्छ ।
प्रजातन्त्र, समाजवाद, मानवअधिकार, कानुनी सर्वोच्चता, विधिको शासनजस्ता मानवीय र सामाजिक गुणले लसित दल आजको झनै यी गुण चाहिने बेलामा यी गुणबाट विरहित हुनुपरेको हुनाले अबका दिनमा नेपाली कांग्रेसले नेपाली जनता र देशको राम्रो काम गर्नका निमित्त डा. शेखर, गगन, विश्वप्रकाश शर्मा, डा.चन्द्र भण्डारी, प्रदीप पौडेलजस्ता युवाहरू ब्युँझेर पार्टीलाई संगठित गराएर सद्वृत्तिका लिकमा हिँडाउनुपर्दछ । शेरबहादुर देउवाका प्रवृत्तिलाई नेपाली कांग्रेसले पूर्णसम्मानका साथ बिदा गर्न नसकेदेखि नेपाली कांग्रेसका दिन गए भनेर नेपाली साधारण जनताले पनि सम्झन सक्छन् । यदि अब पनि कांग्रेसका सक्रिय र सद्गुणी मान्छेहरू राम्ररी ब्युँझेर कांग्रेसका शरीरमा यी दशबाह्र वर्षमा जमेको धूलोहिलो नपखाल्ने हो भने मरेका कुखुरालाई जसरी उपियाँले छाड्छ ।
त्यसैगरी नेपाली कांग्रेसले पनि छाड्नेछ । मैले देखेको कांगे्रस र आज मैले नुनिलो पिरो भएर भोग्नुपरेका कांग्रेसमा जमिन सगरको अन्तर रहेको अनुभव भएको छ । अहिले पनि नेपाली माटोमा बीपी, गणेशमान, सुवर्ण, कृष्णप्रसाद, सुशील, मनमोहन र पुष्पलालको सुवास चलिरहेको छ । अतः शेबदे खओली र पुकदाले आफ्ना सारा अहं परित्याग गरेर उनीहरूकै पाइला पछ्याउन दिनु राम्रो हुनेछ । राजनीति देश र जनताका लागि गर्ने हो भने पद, प्रतिष्ठा र शक्ति हत्याउने उद्देश्यले भन्दा जनताको सेवा गर्ने र देशको विकास गर्ने उद्देश्यलाई आत्मसात गरेर गर्नुपर्दछ । अन्यथा राजनीति होइन भुँडीनीति, कंसनीति र रावणनीतिको प्राबल्य भएको देख्नेछ विश्वले ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच