रुपन्देही । सैनामैना नगरपालिका–१, रानीबगिामा रहेको सैनामैना पर्रोहा परमेश्व मावि एक समय विद्यार्थी अभावमा बन्द हुने कि मर्ज हुने भन्ने अवस्थामा पुगेको थियो । पुराना र जीर्ण भवन, निरन्तर घट्दो दरमा रहेका विद्यार्थी, नजिकै संस्थागत विद्यालयहरुको प्रभाव र अभिभावकको समेत उदासिनताले विद्यालय संकटग्रस्त थियो ।
तर, पछिल्लो केही वर्षयता यो विद्यालय जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा चिनिन थालेको छ । एकजना दक्ष, सक्षम, लगनशील तथा दूरदर्शी निर्णय क्षमता सहितको नेतृत्वदायी भूमिका र प्रभावकारी ‘टिम वर्क’ ले कायापलट हुनेगरी नतिजा आउँछ भन्ने कुराको गतिलो उदारण अहिले यहीँ विद्यालय बनेको छ ।
विद्यालय परिसरका अभिभावक मात्रै होइन यसक्षेत्रका नागरिक अगुवाहरु, शैक्षिक व्यक्तित्वहरु, जनप्रतिनिधि समेतले यहीँ विद्यालयको उदाहरण दिने गर्छन् । एक समय सयभन्दा तलको संख्यामा रहेका विद्यार्थी, जीर्ण विद्यालय भवन अहिले एकादेशको कथा भएको छ ।
अहिले विद्यालयमा झण्डै तीन हजार विद्यार्थी अध्यय्नरत छन् भने व्यवस्थित कक्षाकोठासहितका आधुनिक भवन निर्माण भएका छन् । विद्यालयमा शिक्षकका रुपमा जब २०७४ सालमा नेत्रलाल पुरीको आगमन भएपछि उनकै नेतृत्वमा असल टिमवर्क भएपछि विद्यालयको कायापलट भएको छ । विद्यालयका भौतिक संरचना मात्रै होइन शैक्षिक गुणस्तरमा समेत अब्बल सावित भइरहेको छ ।
विद्यालयका आधुनिक भवन, ल्याब निर्माणदेखि फर्निचरसम्मका काममा यसक्षेत्रका जनप्रतिनिधि विष्णुप्रसाद पौडेलको अगुवाईमा आवश्यक बजेटको प्रबन्ध भएको थियो । विद्यालयले माग गरेका संरचना निर्माणका लागि जनप्रतिनिधका रुपमा नेता पौडेलले गरेका निरन्तरका पहल अहिले सार्थक बनेका छन् ।
सोही आधारमा अहिले विद्यायलका भवनहरुको स्वरुप नै फेरिएको छ । ‘कुन हालतमा थियो, हेर्दा हेर्दै यस्तो भव्य बन्यो’ नजिकै पसल गर्दै आएका व्यवसायी गोपाल पन्त भन्नुहुन्छ–‘दूरदर्शी नेतृत्व र असल सहकार्यबाट विद्यालयको कायापलट हुने कुराको ताजा उदाहरण यहीँ स्कुल बनेको छ ।’
माथिल्ला निकायमा नेता पौडेलसहित लुम्बिनी प्रदेश सरकारका मन्त्री तथा माननीयहरु र स्थानीय तहमा पूर्वमेयर चित्रबहादुर कार्कीको नेतृत्वमा यहाँको भौतिक संरचना निर्माणमा विशेष पहल भएको थियो ।यसलाई अहिलेका मेयर फडेन्द्र शर्माले पनि आबश्यक पुर्वाधार तथा बजेटलाई कमीहुन नदिने बताउनु भएको छ।
बि.सं.२०३१ सालमा कक्षा १ सन्चालन गरी स्थापना भएको विद्यालयमा अहिले शिक्षा, बाणिज्य र विज्ञान विषयमा कक्षा १२ सम्मको अध्यापन हुँदै आएको छ । बिसं २०३४ सालमा निम्न माध्यमिक तह र बिसं २०५२ सालमा माध्यमिक तह (९–१०) को अनुमति प्राप्त गरी माध्यमिक शिक्षा प्रदान गरेकोमा बिस २०६७ साल देखि शिक्षा र बाणिज्य संकायमा कक्षा ११ र १२ सञ्चालन भइरहेकोमा २०७८ सालदेखि विज्ञान संकाय समेत थप गरी नगरपालिकाकै विज्ञान संकाय सञ्चालन गर्ने पहिलो विद्यालय बनेको छ ।
विसं.०७६ मंसिर ५ मा साविक सैनामैना मावि र साविक पर्रोहा परमेश्वर आधारभूत विद्यालय समायोजन गरी हाल सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय कायम भएको छ । विद्यालयलाई शैक्षिक गन्तव्यको उपयुक्त स्थल बनाउनेगरी प्राविधिक धारका विषयहरु थप गरी अध्ययन अध्यापन गर्ने योजनामा रहेको विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले बताउनुभयो ।
‘हाम्रो दृष्टि एउटा समुदाय हो जहाँ सबै बालबालिकाले आफ्नो पूर्ण क्षमातामा विकास गर्न माया, सम्मान र प्रोत्साहित महसुस गर्छन् । हाम्रो मिशन भनेको सुरक्षित, सम्मानजनक र समावेशी वातावरणमा उच्च गुणस्तरको शिक्षा र बाल हेरचाह प्रदान गर्नु हो≤ जसले लामो जीवन शिक्षाको लागि आधार निर्माण गर्दछ ।’ सैनामैना पर्रोहा परमेश्वर नमुना माविले लिएको दूरदृष्टि र परिकल्पना हो पुरीले भन्नुभयो ।
नमुना विद्यायलयले लिएको लक्ष्य
भविष्यको सफलताको लागि विद्यार्थीहरुलाई शिक्षित गर्न, सार्वजनिक शिक्षा प्रणाली भित्र विद्यार्थीहरुको विविधतायुक्त जनसंख्याको लागि शैक्षिक उत्कृष्टता र समानता प्रवद्र्धन गर्न, अभिभावक, विद्यार्थी र शिक्षकहरुको लागि सामुदायिक विद्यालय प्रणाली भित्र शैक्षिक अवसरहरुको छनोट प्रदान गर्ने लक्ष्य लिइएको प्रअ पुरीले बताउनुभयो ।
यस्ता छन् नमुना विद्यालयले लिएका उद्देश्य
आन्तरिक तथा बाहय स्रोत पहिचान र परिचालन गर्ने, समाजलाई ध्येयमा राखी नैतिक, प्राविधिक, व्यवसायिक, प्रयोगात्मक शिक्षा प्रदान गर्ने, मनोवैज्ञानिक, स्वास्थ्य एवम् सरसफाइ शिक्षा, यौन शिक्षा, मनोपरामर्श शिक्षा प्रदान गर्ने, विद्यालयको संस्थागत दक्षताका लागि विद्यालयले विभिन्न आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने विद्यालयको उद्देश्य रहेको प्रधानाध्यापक पुरीले बताउनुभयो ।
यसैगरी संस्थागत सुशासनका लागि चुस्तदुरुस्त प्रविधिमैत्री प्रशासनिक संरचना निर्माणका लागि आवश्यक नीतिनिर्माण गरीव्यवहारमूलक बनाई प्रयोगमा ल्याउने, खेलकूद र बाल उद्यानसहितको हरियालीयुक्त विद्यालयको विकास गर्ने, जनशक्ति विकासका लागि विभिन्न किसिमका तालिम, गोष्ठी र भ्रमणहरुको आयोजना गर्ने गरेको छ।
विद्यार्थीको सर्वाङ्गीण विकासका लागि नियमित खेलकूद र सिर्जनात्मक अतिरिक्त कार्यक्रम सञ्चालन गर्ने, विद्यालय समुदाय सम्बन्ध सौहाद्र्रपूर्ण बनाउन कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ विद्यालयले शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको अर्का शिक्षक यमप्रसाद चालिसेको भनाइ छ ।
विद्यालयहाता र कक्षाकोठा भित्र सिसिटिभी क्यामेरा जडान गरी सुपरीवेक्षण गरिँदै आएको छ । समय सन्दर्भ मिलाएर नौलो काम अभियानको थालनी गरिएको र प्रोजेक्टरको प्रयोग सहित प्रविधिमैत्री सिकाईको व्यवस्था गरिएको अर्का शिक्षक हरिप्रसाद पौडेलले बताउनुभयो ।
एक शिक्षक—एक ल्यापटपको अवधारणा अगाडि बढाइएको छ भने चुस्त प्रशासन, व्यवस्थित र पारदर्शी अभिलेखका लागि सफ्ट्वेयरसहितको लेखाप्रणाली राखिएको शिक्षक पौडेलको भनाइ छ । प्रभावकारी र मौलिक ज्ञानमा आधारित परीक्षा प्रणाली र नतिजाको पृष्ठपोषण, अंग्रेजी र नेपाली माध्यम सहित कम्प्युटर शिक्षाको पठनपाठन, जेहेन्दार, विपन्न, दलित, फरक क्षमता, सीमान्तकृत तथा विशेष छात्रवृत्तीको व्यवस्था गरिएको छ भने पुस्तकालय र वाचनालयलाई व्यवस्थित बनाइएको छ । विद्यालयले राजनैतिज्ञहरुको संलग्नता तर राजनीतिक गन्धको प्रभाव नरहेको, अभिभावकलाई उच्च सम्मान सहितको आदरभाव, शिक्षक कर्मचारीको कार्यदक्षताको सुक्ष्मगत मूल्याङ्कन, विद्यार्थीको दक्षताको पहिचान र मूल्यांकन, अनुशासनको निगरानी गरिँदै आएको प्रधानाध्यापक पुरीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच