काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चीनको संघाई घर भइ हाल भक्तपुरको ठिमी नगरपालिका–३, गठ्ठाघर बस्दै आएका २८ वर्षीया झोउ जियू रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी एवं प्रवत्ता रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनी १४ फागुनमा पक्राउ परेका हुन् ।
प्रवत्ता रेग्मीका अनुसार उनको साथबाट १२ लाख नेपाली रुपैयाँ बरामद गरिएको छ । उनले नेपाल राष्ट्र बैकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार गर्ने उद्देश्यले बोकी हिडेको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच