शिक्षा राणा ‘मिस प्लस टु नेपाल २०२३’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ‘मिस प्लस टू नेपाल २०२३’को उपाधि शिक्षा राणाले चुम्नुभएको छ । काठमाडौंमा आयोजित प्रतियोगितामा राणाले १८ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्षसहित ‘मिस पर्सनालिटी’ र ‘मिस स्टाइलिस’ विधागत उपाधिसमेत आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो ।

प्रतियोगितामा याङ्जी दावा लामाले फष्ट रनरअप र विशाखा श्रेष्ठ सेकेण्ड रनर अपको उपाधि हात पार्नुभयो । लामाले भ्युअर च्वाइस र पब्लिक च्वाइस उपाधिसमेत हात पार्दा श्रेष्ठले मिस कन्फिडेन्टको उपाधि आफ्नो पोल्टामा पार्नुभयो ।

युहान इन्टरनेसनल इभेन्टस्को आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न प्रतियोगीतामा झरना अधिकारीले ‘भ्युअर च्वाइस’, प्रियाशा जोशीले ‘पब्लिक च्वाइस’ उपाधि हात पार्नुभयो ।

त्यस्तै कृष्टिना प्रजा ‘म्यानेज्मेन्ट च्वाइस’, कृतिका गौतम ‘मिस ट्यालेन्ट र मिस फोटोजेनिक’, समृद्धि जोशी ‘वेष्ट इन् इभिनिङ गाउन’, सोनिमा घलान ‘वेष्ट वाक’ र ओसिन माली ‘मिस कन्जिनियालिटी’ विजेता बन्नुभयो ।

सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्यको उद्घोषण तथा कोरियोग्राफी रहेको प्रतियोगीतामा चलचित्र निर्देशक एवं अभिनेता साहिल खान, इन्टरनेसनल नेपाली मोडल दीपक घिमिरे, फेसन उद्यमी स्वेता सिरोहिया रोक्का, एभिएसन उद्यमी संगीता रौनियार तथा नेपाल एयरहोस्टेस् एकेडेमीका निर्देशक रेजिना तुलाधार निर्णायकको रूपमा रहनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?