काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल लक्षित गर्दै संसद्मा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ? भनेर प्रश्न गर्नुभएको छ । बुधबार सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो, प्रधानमन्त्री हुन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद भएको टिप्पणी गर्नुभयो । उहाँले असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडेको र समर्थकहरूले ताली बजाएकोमा आफूलाई अचम्म लागेको बताउनुभयो । ‘संसद्मा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ?’ ओलीले प्रश्न गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, ‘कुनै राजनीतिक पृष्ठभूमि नभएका, कुनै जनाधार नभएका, राजनीतिक दृष्टिकोण नभएका, कुनै प्रकारको गन्तव्य नभएका, कुनै नीति नभएका, त्यस्ता तत्वहरू । आज कति हास्यास्पद छ देशको राजनीति, जो मान्छे संसद्मा छैन, त्यस्तो मान्छे सडकमा आएर भन्छ, म असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै छ, अगाडि बसेका मान्छेहरू हो हो भनेर ट्यापट्याप गर्छन् । अचम्म लाग्छ । संविधान कता छ ? कानुन कता छ ? संसद् के छ ? त्यो केही थाहा छैन । अनि एउटा मान्छेले कराइदिन्छ, म असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर । कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ऊ ? यस्तो अराजकता । के बोल्दै छु उसलाई थाहा छैन ।’
सम्बोधनका क्रममा ओलीले आगामी २०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने जिकिर गर्नुभयो । सरकारको असफलताले देश, राजनीति र अर्थतन्त्र असफलतातिर गएको र समाज अराजक बनेको उनको जिकिर थियो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘जनता कतै उत्साहित हुने ठाउँ नपाएर, मन अड्याउने ठाउँ नपाएर निराशामा छन् । यस अवस्थाको फाइदा लिएर विभिन्न प्रकारका प्रतिगामी शक्तिहरू मौका आउँछ कि भनेर केही सडकमै उपद्रो मच्चाउन निस्केका छन् । एकखालको परीक्षण गरिरहेका छन् उनीहरू यतिबेला ।’
प्रयोगात्मक ढंगले केही शक्तिहरू लोकतन्त्रविरुद्ध, लोकतान्त्रिक गणतन्त्रविरुद्ध केही शक्तिहरू यही मौका हो कि, आयो कि पालो भनेर कस्सिएका बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘देशमा ग्रहण लागेको होला, कहिले कहिले । तर, नेकपा एमाले छँदाछँदै यस देशको सार्वभौमसत्तालाई, स्वाधीनतालाई, स्वतन्त्रतालाई, भौगोलिक अखण्डतालाई कसैले पनि तलमाथि गर्न सक्नेछैन । किनभने यस देशमा एमाले छ । यस देशको भविष्य कसैले पनि अन्धकार बनाउन सक्नेछैन ।’
सत्ता गठबन्धन खरानीको डल्लो हो, जुनसुकै बेला फुट्न सक्छ
अध्यक्ष ओलीले सत्तारूढ गठबन्धन कुनै पनि बेला फुट्नसक्ने बताउनुभएको छ । गठबन्धनलाई खरानीको डल्लोको रूपमा चित्रण गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने । कसैले फुटाउनु पर्दैन, आफैँ फुट्छ । गठबन्धन भनेर धेरै दम्भ नदेखाए हुन्छ । यो गठबन्धन पाँच वर्षसम्म जान्छ कि जाँदैन ? म भन्न सक्दिनँ । किनभने यो खरानीको डल्लो हो । यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ ।’ अध्यक्ष ओलीले सत्तारूढ प्रमुख घटक कांग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको आरोपसमेत लगाउनुभयो । कांग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरे पनि सम्भव नभएको जिकिर गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेसले महासमिति बैठकबाट संविधान संशोधन गर्ने भनेछ । के हिसाबले संविधान संशोधन गर्ने भनेको हो थाहा छैन । संविधान संशोधन गर्नका लागि बोल्नभन्दा अगाडि कमसेकम यो स्थितिलाई सम्भव बनाउने गरी कुन कुन विषयमा केका लागि भन्ने चाहियो नि । ८७ सिटले संविधान संशोधन हुन्छ ? कांग्रेस प्रतिगामी ढंगले अघि बढिरहेको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच