
काठमाडौं । सिम्पल आर्ट्स बानेश्वरले छब्बीसौं सिम्पल सम्मान अर्पण गरेको छ । संस्थापक अध्यक्ष संगीतकार तथा निर्देशक केशव सान्दाइले स्वागत मन्तव्य, सबिना बयलकोटीको स्वागत नृत्य र दुर्गा अधिकारीले लेख्नुभएको स्वागत सुसेली ममता मृदुलले गाएपछि साहित्यकार राधेश्याम लेकालीले समाजसेवी शोभित उप्रेतीलाई, साहित्यकार वेदमणि घिमिरेले साहित्यकार मधुसूदनप्रसाद घिमिरेलाई, साहित्यकार ढुण्डीराज पोखरेलले शिक्षासेवी केदारप्रसाद तिमल्सिनालाई, कामनपा ३१ का वडाअध्यक्ष सरोज ढकालले चलचित्र निर्माता तथा वितरक सरोज शर्मालाई, साहित्यिक पत्रकार तथा साहित्यकार चेतनाथ धमलाले गायक तथा संगीतकार सूर्य दयालुलाई र गायक सीताराम पोखरेलले कलाकार सरिता लामिछानेलाई सम्मानपत्र अर्पण गर्नुभएको थियो ।
साहित्य, संगीत, कला र सामाजिक क्षेत्रका व्यक्तित्वहरू, कात्यायन, दुर्गा अधिकारी भमरकोटे, कृष्ण आचार्य, ध्रुवराज थापा, सुरेन्द्र रायमाझी, वसन्त शर्मा, जयराम बिडारी, प्रा.शुकदेव उपाध्याय, जमुना पोखरेल, प्रीति कौर, रञ्जना पराजुली, करुणा पोखरेल, रजनी बस्नेत, विक्रम श्रेष्ठ सागर, राधिका पन्त, सन्तोषकुमार पोखरेल, ममता मृदुल, रामजी धिताललगायतले खादा, सास, रुद्राक्षको माला र सभापति सान्दाइले टीका लगाइदिएर उहाँहरूलाई सम्मान गर्नुभएको थियो ।
उक्त अवसरमा गीतकार नारायणकुमार आचार्यलाई आजीवन सदस्यता प्रदान गरिएको थियो । सम्मानितको तर्फबाट कलाकार सरिता लामिछानेले मन्तव्य दिएपछि भाग्यशाली दर्शक पुरस्कार मनोजकुमार घिमिरेलाई प्रदान गरेर कार्यक्रम समापन गरिएको थियो । कमलनेत्र छुन्नामुन्ना स्कुल भीमसेनगोलामा भएको कार्यक्रम संस्थाका पूर्वअध्यक्ष विमल कोइरालाले सञ्चालन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच