पाल्पामा भेटियो पुरानो ग्रिनेड, द्वन्द्वका बेला राखिएको हुनसक्ने आशंका

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पामा पुरानो ग्रिनेड फेला परेको छ । यहाँको तानसेन नगरपालिका-११, जोगीपानीमा ग्रिनेड फेला परेको हो ।

माओवादी सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशंका गरिएको ग्रिनेड जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालयनजिकै भेटिएको प्रहरीले जनाएको छ । गस्तीमा गएको नेपाली सेनाको दि फेमस महीन्द्रदल गणका एलआरपी टोलीले ग्रिनेड फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

बाँझो बारी नजिकैको झाँडीमा प्लास्टिकको ग्रिनेड फेला परेको एसपी चन्दले बताउनुभयो । उहाँका अनुसार नेपाली सेनाले उक्त ग्रिनेड डिस्पोज गर्ने तयारी गरिरहेको छ । पुरानो जस्तो देखिने उक्त ग्रिनेडका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाल्पामा बेला बेलामा विभिन्न स्थानमा बम र तिनमा प्रयोग हुने सामानहरु भेटिने र सेनाले डिपोज गर्ने गरिरहेको छ । गत वर्ष पनि तानसेनस्थित जिल्ला अस्पताल नजिकै गोलाखानामा घडेरी खन्ने क्रममा तीन सय ३० भन्दा बढी तोपका गोला भेटिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?