
मुगु । मुगु जिल्ला स्थित सोरु गाउँपालिका–३ भिई गाउँमा रहेको ऐतिहासिक तथा प्राचिन धार्मिक महत्व रहेको गुरा देउताको थान संरक्षणको पखाईमा छ । इतिहास झल्काउने गुरा देउताको थान जिर्ण रहेकाले संरक्षणको पखाईमा छ ।
करिव १३ औं शताब्दी अघिको गुरा देउताको मन्दिर अहिलेसम्म आधुनिक र कलात्मक शैलीमा निर्माण नहुँदा धामी-डाङग्री, स्थानीय चिन्तित छन् ।
करिव १३ औं शताब्दी अघिको गुरा देउताको मन्दिर जिर्ण उद्धारको प्रतिक्षामा रहेको मन्दिरका धामी परे धामीले बताउनु भयो । मन्दिर एक तले घर शैलीमै रहेको र बर्खामा पानी चुहिँदा मूर्ती र घण्ट खिया लाग्ने र असुरक्षित हुन थालेको उहाँ बताउनुहुन्छ ।
जिर्ण मन्दिरले गर्दा पूजापाठ गर्न, मेला पर्वमा धामी नाच्न, भक्तजनलाई पूजाआजा गर्न कठिनाई हुने गरेको सोरू भिई गाउँका स्थानिय करनकुमार शाहीले बताउनु भयो । धार्मिक एवं ऐतिहासिक महत्व बोकेको यस थानको संरक्षण र जिणोद्दारमा कसैको ध्यान समेत नपुगेको शाहीले गुनासो गर्नुभयो ।
मन्दिरको नाममा करिव २५ बर्गमिटर जग्गा भएपनि बजेट अभावले गर्दा जिर्ण उद्धार गर्न नसकिएको पुजारीले सुनाउनु भयो । धार्मिक महत्व रहेको गुरा देउताको मन्दिर जिर्ण अबस्थामा रहँदा चिन्ता उब्जिएको भिई गाउँका दलबीर कार्कीले भन्नुभयाे, 'जिल्लाभरिका धेरै मठमन्दिर बने तर यो बन्न सकेन ।'
बजेटकै समस्याले धार्मिक महत्व बोकेको १३ औ शताब्दी अघिको गुरा देउताको मन्दिर जिर्ण उद्धार गर्न नसकिएको सोरु भिई गाउँपालिका–३ का वडा अध्यक्ष सिंहबहादुर धामीले भन्नुभयो -'पुरातत्व बिभाग, संघ र प्रदेशमा बारम्बार बजेट माग गर्दा पनि सुनुवाई भएन ।'
वडा अध्यक्ष धामिका अनुसार वडाको न्यून बजेट स्थानीयको आबश्यकतामा सकिन्छ मन्दिर जिर्ण उद्धार गर्न कम्तिमा ७५ देखि ८० लाख बजेट चाहिने देखिन्छ । भिई गुरा देउताको मन्दिरमा अहिले डेढ दर्जन भन्दा बढी धामी झाँक्री भइसकेका छन् ।
भिई गुरा देउताको मन्दिरमा हरेक दिन पूजापाठ भक्तजनबाट भेटी बोका चढाउने गरिएको भएपनि बिशेष गरि असोज कार्तिकमा पर्ने नवमी ठूलो धार्मिक मेला लाग्ने गरेको छ ।
उक्त मेलामा धामी नाच हेर्न पूजापाठ गरि बरदान माग्न बाजुरा हुम्ला जुम्ला अछाम दैखेल सुर्खेत बाँके बर्दिया कैलाली बाट भक्तजनहरु आउने गरेका छन् ।
पछिल्लो समयमा सोरू गाउँपालिका सडक सन्जालमा जोडिए पनि प्रचार प्रसार र संरक्षण अभावका कारण ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त गुरा देउताको थान ओझेल पर्दै आएको छ ।
हेर्दा सामान्य देखिए पनि यसको महत्व ठूलो रहेको र यस थानको संरक्षण र प्रचार , प्रसार हुन सके धार्मिक पर्यटकहरू बढी गाउँ, ठाउँमा रोजगारीको स्थिति सृजना हुनसक्ने अपेक्षा गरिएको छ ।
समाचार सम्प्रेषण का लागि धन्यवाद ।अहिले गाउँपालिका बाट डिपिआर को लागि पहल भएको र नवमी मेला हरेक बर्ष प्राय भदौ महिनामा र कहिलेकाही मात्र असोज महिना मा हुन्छ जसलाई गुरा देवता को अनन्ते पुनि नवमी तिथिको दिनमा हुने गर्द्छ ।