![आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानलाई वार्तामा आउन आह्वान](https://ehimalayatimes.com/wp-content/uploads/2022/12/swargadwari-aashram.jpg)
काठमाडौं । काठमाडौंमा जारी लि-निंग १३औँ पुष्पलाल स्मृति राष्ट्रिय र्याकिङ ब्याडमिन्टन प्रतियोगिताको शीर्ष आठ वरीयताबीचको सेमिफाइनल समीकरण पूरा भएको छ । पुरुष एकलतर्फ समूह ‘ए’ बाट विजेताका रूपमा एपिएफका प्रिन्स दाहाल र उपविजेताका रूपमा नेपाल पुलिसका सुनिल जोशी तथा समूह ‘बी’ बाट विजेताका रूपमा ललितपुरका प्रफुल महर्जन र उपविजेताका रूपमा एपिएफका देवराज रानाले सेमिफाइलनमा स्थान बनाउनुभयो ।
महिलातर्फ समूह ‘ए’ बाट ललितपुरकी रशिला महर्जन समूह विजेता र आर्मीकी अनुमाया राई उपविजेता तथा समूह ‘बी’बाट भोजपुरकी नंगशल तामाङ समूह विजेता र नेपाल पुलिसकी निता लम्साल समूह उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गर्नुभएको छ ।
नेकपा एमालेको भ्रातृ संस्था नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको शीर्ष आठको पुरुष एकलतर्फको बिहीबारको अन्तिम खेलमा प्रिन्सले पुलिसका जीवन आचार्यलाई २१-१८, २१-१३ ले पराजित गर्दै सेमिमा समूह विजेता बन्नुभएको हो ।
प्रिन्सले लिगका तीनै खेलमा जित हात पार्नुभयो । यस्तै, अर्को खेलमा नेपाल पुलिसका सुनिल जोशीले एपिएफका विजित थापा मगरलाई २१-१०, १७-२१, २१-१८ ले पराजित गर्दै लिगमा दुई जितका साथ समूह उपविजेता बन्नुभयो ।
यस्तै, पुरुषतर्फको समूह ‘बी’ बाट ललितपुरका प्रफुल महर्जनले खेलमा नेपाल पुलिसका विष्णु कटुवाललाई २१-१५, २१-१७ ले पराजित गर्नुभयो । उहाँले लिगमा आफ्ना तीनै खेलमा विजय हात पार्दै समूह विजेता बन्नुभएको हो । समूह उपविजेता देवराज रानाले बिहीबारको खेलमा नेपाल पुलिसका दीपक बोहरालाई २१-१२, २१-१५ ले पराजित गर्नुभयो । रानाले लिगका दुई खेलमा जित हात पार्नुभयो ।
चन्द्रागिरिस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फ समूह ‘ए’ को अन्तिम लिग खेलमा ललितपुरकी रसिलाले आर्मीकी अनुमाया राईलाई १७-२१, २१-१६, २१-१२ ले पराजित गर्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाउनुभएको हो । लिग प्रतियोगितामा पराजित भए तापनि समूह उपविजेताका रूपमा अनुले पनि सेमिफाइनलमा स्थान पक्का गर्नुभयो । यसै समूहको अर्को खेलमा मोरङकी सीमा राजवंशीले सर्लाहीकी निकिता लामालाई २१-८, २१-९ ले पराजित गर्नुभयो ।
यसैगरी समूह ‘बी’को खेलमा भोजपुरकी नंगशल तामाङले लिगको अन्तिम खेलमा आर्मीकी अमिता गिरीलाई २१-१०, २१-१३ ले पराजित गर्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाउनुभयो । तामाङले आफ्नो समूहको तीनै खेलमा जित हात पार्नुभयो । यसै समूहको अर्को खेलमा पुलिसकी निता लम्सालले एपिएफकी शोभा गौचनमाथि २१-११, २१-११ को समान अन्तरले जित हात पार्नुभयो । लम्सालले लिगमा दुई जितका साथ उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच