निजी हवाई कम्पनीलाई जहाज खरिदमा सहुलियत दिन आवश्यक छ : महानिर्देशक अधिकारी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सरकारले निजी कम्पनीलाई जहाज खरिदमा सहुलियत दिन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार वायुसेवा सञ्चालक संघ नेपालको २३ औं वार्षिकोत्सव समारोहमा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरु अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण भएपनि जहाजको कमी रहेको उल्लेख गर्नुभयो । उहाँले जहाज कम हुँदा बनाएका विमानस्थलहरु पनि घाँसे मैदानको रुपमा परिणत भएको दाबी गर्नुभयो । महानिर्देशक अधिकारीले हवाई उडानको लागि पूर्वाधार बनाउने भन्दा पनि पर्याप्त जहाज आवश्यक रहेको बताउनु भयो ।

उहाँले बजेटमार्फत जहाज खरिदमा सरकारले लगाएको भ्याटको कारण तत्काल जहाज थप गर्ने वातावरण समेत नभएको भन्दै जहाज खरिदमा सहुलियत आवश्यक रहेको औंल्याउनु भयो । महानिर्देशन अधिकारीले सरकारले निजी क्षेत्रलाई जहाज खरिदमा सहुलियत दिएन आवश्यक देखिएको बताउनु भयो । उहाँले प्राधिकरणले पछिल्लो समय मुलुकभित्रका आन्तरिक उडानलाई थप सुरक्षित बनाउने गरी काम गरिरहेको बताउनु भयो । उहाँले हवाई कम्पनीहरुले विमानस्थलमा आवश्यक सेवा सुविधा माग गरे प्राधिकरणले तत्काल गर्न सक्षम रहेको बताउनु भयो । उहाँले हवाई कम्पनीहरुले दुईवटा भन्दा बढी माग केही नगरेको भन्दै क्रेटिभ भएर सेवा सुविधा हवाई कम्पनीले माग गर्नु आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हवाई उडानको लागि विमानस्थल मात्रै भएर हुँदैन । पर्याप्त मात्रामा जहाज हुनुपर्छ । निजी क्षेत्रले स्टलका जहाजहरु कठिनाई देखिएको छ । सरकारले बजेटमा भ्याट लगायो । यसलाई सहज बनाउनुपर्ने आवाज सधै उठाएको छु । हवाई इन्धनमा पनि ३० रुपैयाँ कम गर्न सफल भएका छौं । स्टोललाई कसरी बचाउने भन्ने विषयमा लागिरहेका छौं । सरकारले भ्याट राख्नुभएन । जहाजहरु खरिद गरेर ल्याउन सहुलियत दिनुपर्छ । बिस्तारै सकिँदै गएको छ । त्यहाँ पनि प्राधिकरणले सहजिकरण गरिरहेको छ । नेपाल भित्रका हवाई रुटहरुलाई थप सुरक्षित बनाउन लागि रहेका छौं । जोमसोम रुटमा आविस्कार केन्द्रसँग मिलेर सिसि क्यामाराले अभर गरेको अवस्था छ । लुक्ला रुट कभर छ । सिसिकोट रुट काम भइरहेको छ । प्राधिकरणले हवाई कम्पनीहरुलाई विमानस्थहरुमा के सुविधा चाहियो आएर भन्नुपर्‍यो । प्राधिरकण गर्न सक्षम छ । तराईका विमास्थलमाहरुमा इलेक्टोनिक इलेक्टिसिटीको चार्जिङ बनाउन माग गर्नुभएको काम प्राधिकरण गरिदिएका छौं । म त के भन्छु भने कम्पनीहरुलाई के चाहिन्छ । प्राधिकरणलाई थाहा हुनुपर्‍यो । प्राधिकरण के चाहिन्छ भन्दा अहिलेसम्म दुई वटा कुरा मात्रै माग भएको छ । प्राधिकरण हवाई कम्पनीहरुसँग सेवा शुल्क मात्रै पनि लिएका छैनौं । प्राधिकरणले गर्नुपर्ने के हो हामी गरिदिन्छौं ।’

महानिर्देशक अधिकारीले प्राधिकरण हवाई कम्पनीहरुसँग सेवा शुल्क लिने मात्रै भन्दा पनि कम्पनीहरुले माग गरेका सेवा सुविधा दिन सक्षम रहेको बताउनु भयो । अहिले मुलुकभर रहेका ५५ विमानस्थलमध्ये ३४ वटा सञ्चालनमा छन् । सञ्चालनमा रहेकामध्ये पनि दुई दर्जन विमानस्थलमा नियमित उडान हुने गरेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?