काठमाडौं । लगातार २३ दिन हिँडेर गत फागुन १० गते काठमाडौं आएका मिटरब्याज पीडितहरु निरन्तर रुपमा आन्दोलनरत छन् ।
नेपालको विभिन्न भागबाट २३ दिन लगातार हिँडेर काठमाडौं सरकारसँग न्याय माग्न आएपनि उनीहरुको मागलाई सरकारले अहिलेसम्म सुनुवाई गरेको छैन ।
मिटरब्याज पीडितहरु न्याय नपाएसम्म काठमाडौं नछाड्ने अडानमा रहेका छन् । खाली खुट्टामा हिँड्दा उठेका ठेलाहरू फुटेर बनेका घाउँबाट रगत बगाउँदै भएपनि दैनिक काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । सरकारले उनीहरुको माग सम्बोधनको लागि वार्ता टोली बनाएर वार्ता गरिरहेको छ । तर दुई पटकसम्म वार्ता सफल हुन सकेको छैन । काठमाडौं आएका अधिकांश मिटरब्याज पीडितहरु गाउँकै साहुमहाजनबाट लिएको ऋणले उठिबास बनाएको भन्दै सरकारसँग जाली तमसुक खारेज गर्न माग गरेका छन् ।
अधिकांश पीडितहरुले ऋण लिएको ४ देखि ६ वर्षमा दोब्बर तेब्बर ऋण पुग्ने र हरेक वर्ष बुझाउँदा पनि साहुको ऋण नघटेन उल्टो बाँकी छ भन्दै घर जग्गा लुट्ने काम गरेको गुनासो गर्दै आएका छन् । उनीहरुले साहुले जाली तमसुक बनाएर भएको एक कठ्टा जमिन समेत हडपेकाले न्यायको लागि काठमाडौं आएको तर न्याय पाउने आशा मरेको बताए । उनीहरुले ऋणको दोब्बर पैसा फिर्ता गर्दा पनि साहुले जग्गा खाने र जग्गा फिर्ता माग्दा उल्टै ऋण लिएको भन्दा बढी पैसा माग्ने गरेको पीडितहरुको गुनासो छ ।
मिटिरब्याज पीडित आन्दोलनमा सहभागी दाङका मिटरब्याज पीडितले राज्यले पीडितहरुको माग सम्बोधन भन्दा पनि राजनीतिकरण गर्ने काम भइरहेको बताउनु भयो । उहाँले काठमाडौं आएर न्यायको ढोका ढकढकाय पनि न्याय पाउने अवस्था नदेखिएको दाबी गर्नुभयो । पीडितले सरकारसँगको वार्तामा पनि विभिन्न पार्टीहरुको खेल भइरहेको बताउनु भयो । उहाँले वार्ताको माध्यमबाट समस्याको समाधान नहुने भएकाले न्याय पाउने विश्वास हराएको बताउनु भयो । पीडितहरुको माग सरकारले सम्बोधन गर्छ भन्ने दुःख,कष्ट सहेर पनि न्याय पाउने आशाले बसिरहेको भन्दै खान, बस्नको लागि आफैँ खर्च गर्नुपरेको बताउनु भयो । न्याय नपाएसम्म काठमाडौं नछोड्ने योजनामा रहेको बताउनु भयो ।
सुनसरी जिल्लाबाट आएका अर्का मिटरब्याज पीडित बेलाल अनसारीले पूर्वमेचीदेखि पैदल हिँडेर काठमाडौं आएको ३२ दिन भएको र स्वास्थ्यमा समस्या देखिन थाल्दा समेत सरकारले माग सुनुवाई गर्ने अवस्था नदेखिएको दुःखेसो पोख्नुभयो । उहाँले पीडितहरुको माग सम्बोधन नभएसम्म काठमाडौंमा नै बस्ने बताउनु भयो । उहाँले काठमाडौं बस्नलाई धेरै समस्या रहेको गुनासो गर्नुभयो । उहाँले मिटिर ब्याज पीडितले यति धेरै दुःख कष्ट भोग्दा पनि सरकारले समस्या बुझ्न नसेको बताउनु भयो । उहाँले आन्दोलनमा हुँदा समेत साहुमाहजनले पैसा कहिले दिने भन्दै फोन आउने गरेको सुनाउनु भयो । अनसारीले सरकारले मिटिरब्याज पीडितलाई गृहमन्त्रीले दिने न्यायको सन्देश लिएर मात्रै आउने सुनाएको बताउनु भयो । मिटरब्याज तथा ठगीबिरूद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता शत्रुधन कुशवाह यादवले सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्न आनाकानी गरिरहेको बताउनु भयो । उहाँले सरकारले ६ बुँदे माग सम्बोधन गरे पीडितहरु तत्काल घर फर्कने जानकारी दिनुभयो । उहाँले पीडितहरुको सरकारसँग धेरै ठूलो माग नभएको भन्दै जाली तमसुक खारेज,बढी लगेको पैसा फिर्ता लगायतमा मात्रै माग रहेको बताउनु भयो।
सिराहा जिल्लाका तिलकबहादुरको पनि उस्तै गुनासो रहेको छ । उहाँले पनि न्याय माग्नको लागि काठमाडौं आएको र न्याय नपाएसम्म घर नफर्कने बताउनु भयो । न्याय पाउने आशाले अगुवाहरुको पछाडी लागेर आएको बताउनु भयो । त्यस्तै कैलाली टिकापुरकी लक्ष्मी शाहले मिटरब्याजीले ऋणले भएकार घरजग्गा लिलाम गरेकाले न्यायको लागि आन्दोलनमा आएको बताउनु भयो ।
पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटरब्याज पीडित समूहबीचको वार्ताले ठोस निस्कर्ष निस्कने भने पनि अहिलेसम्म आउन सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच