साफ यू १६ फुटबल : नेपाल र बंगलादेश भिड्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं। नेपालले आज साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत बंगालदेशको सामना गर्दैछ । यो खेल ललितपुरस्थित च्यासल मैदानमा अपराहन्न ३ बजे देखि शुरू हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा शुक्रबार भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी हुदै छन् ।

प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् भने शिर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्ने छन् ।

नेपाली टिम:

गोलरक्षक: रुपमा झरना डुम्राकोटी, सुनिता स्याङ्तान र लक्ष्मी ओली ।

डिफेन्डर: दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृतिषा तामाङ, अंशु बिके, मीनामाया श्रेष्ठ, एलिजा बिके र ग्यान्सु डोल्मा लो ।

मिडफिल्डर: भूमिका बुढाथोकी, आशिका कार्की, बविता कार्की, आयुषा रौले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना बिके र सविना तामाङ ।

स्ट्राइकर: पूजा गिरी, अनिता रानामगर, यामकुमारी बिके र पूर्णिमा थारु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?