कृषिमा यान्त्रिकरण गर्दै बागलुङ नगरपालिका

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । बागलुङ नगरपालिकाले कृषिमा यान्त्रिकरण भित्राउन थालेको छ । नगरपालिकाले कृषकलाई सहजतका लागि अनुदानमा थ्रेसर मेशिन वितरण गरेको छ । बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रममा स्विकृत योजना अन्तर्गत किसानलाई थ्रेसर मेसिन प्रदान गरेको छ ।

नगरपालिकाले नगरभरका ५०० किसानलाई सेवा दिनेगरी समूह र व्यक्तिलाई १० वटा थ्रेसर मेशिन हस्तान्तरण गरिएको छ । बागलुङ नगरपालिकाले ५० प्रतिशत अनुदानमा वडा तहगतरुपमा पायक पर्नेगरी गहु“, कोदो, तोरी र धान चुट्ने थ्रेसर मेशिन हस्तान्तरण गरेको हो ।

काम गर्ने दक्ष जनशक्तिको अभावमा खेतियोग्य जमिन बाँझिदै जानथालेपछि नगरपालिकाले कृषिमा यन्त्रिकरण भित्राउन थालेको हो । गत वर्ष मिनि टेलर हलो अनुदानमा वितरण गरेको नगरपालिकाले यस पटक थ्रेसर मेसिन हस्तान्तरण गरेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेका रु. ३ लाख बजेटबाट थ्रेसर मेशिन खरिद गरेर किसानलाई अनुदानमा प्रदान गरेको बताउनुभयो । “१० वटा थ्रेसर मेशिनले नगरपालिकालाईनै समेट्छ, एउटा मेशिनले ५० घरको धान, गहु“, तोरी र कोदो चुट्न सक्छ, किसानले प्रविधि भित्राउदा जनशक्ति कम खर्च हुन्छ, लागत घटेपछि किसानलाई नाफा हुन्छ, कृषिमा लगाव बढ्छ” श्रेष्ठले भन्नुभयो “युवा पलायनले गा“उमा काम गर्ने मानिस नहु“दा धान, गहु“, कोदो थन्काउन समस्या छ, त्यसैलाई मध्यनजर गरेर थ्रेस मेशन अनुदानमा दिएका छौं ।”

अनुदानमा श्रेसर मेशिन पाउदा खुसी भएको बागलुङ नगरपालिाका अगुवा कृषक सुरेश बिकले बताउनुभयो ।

“दैनिक ज्यालादारीमा धान, गहु“ चुट्दा धेरै खर्च लाग्छ, थ्रेसर मेसिशनले एकै घण्टामा सक्ने काम दिनभर गर्न गाह्रो हुन्छ, थ्रेसर मेशिन पाएपछि समय र खर्च बचत हुन्छ” बिकले भन्नुभयो “नगरपालिकाले ५० प्रतिशत अनुदानमा १० वटा थ्रेसर मेशिन मेसिन म जस्ता किसान र समूह र सहकारीलाई दिएको छ, थ्रेसर मेशिन एउटा घरका लागि हैन, एउटा टोललाई समेट्छ ।”

नगरपालिकाले तीन कृषक समूह, एक सहकारी र ६ जना व्यक्तिलाई अनुदानमा थ्रेसर मेशिन वितरण गरिएको छ । कालिमाटी कृषक समूह, ठाडा“स्वारा कृषक समूह, रूम्टा कृषक समूह, पालुवा कृषि सहकारी र छ जना व्यक्तिलाई थ्रेसर मेशिन हस्तान्तरण गरिएको बागलुङ नगरपालिकाका कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले नगरपालिकाले एउटा थ्रेसर मेशिनलाई रु.५८ हजारमा खरिद गरेर ५० प्रतिशतमा अनुदान दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?