काठमाडौं । त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्डमाथि ६ विकेटको शहज जित निकालेको छ ।
नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको जित हात पारेको छ ।
कीर्तिपुर मैदानमा १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
नेपालका जितमा कप्तान रोहित पौडेल र गुल्सन झाले उत्कृष्ट साझेदारी गरे । २७ रनमा २ विकेट गुमाएको नेपाललाई कप्तान रोहित र गुल्सनले ८६ रनको उत्कृष्ट साझेदारी गरे ।
गुल्सन ३८ रन र कप्तान रोहित ४६ रनमा आउट भए । ओपनर कुशल भुर्तेल १२ र आसिफ शेख ८ रनमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी ४ र कुशल मल्ल २ रनमा अविजित रहे । बलिङमा नेदरल्यान्डका भिभिएन किंग्माले सर्वाधिक ४ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० को योगफल बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए । यसैगरी, टिम भान डेर गुग्टेनले २४ रन जोड्दा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।
नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान दुई–दुई विकेट लिए । त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
प्रतियोगितामा शीर्ष दुईमा रहँदै फाइनल खेल्नका लागि पनि नेपालाई आजको खेल जित्नुपर्ने दबाबमा थियाे ।
जितसँगै ४ खेलबाट ४ अंक जोडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको छ । ३ खेलबाट ४ अंक भएको नेदरल्यान्ड्स अंक तालिकाको शीर्ष स्थानमा छ। ३ खेलमा २ अंक भएको नामिबिया २ अंकमा अंक तालिकाको तेस्रो स्थानमा छ।
आइतबार नामिबिया र नेदरल्यान्ड्स खेल्नेछन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच