पाल्पा । पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल जाने सडक स्तरोन्नति काम धमाधम भइरहेको छ । यहाँको सडक खाल्डाखुल्डी भएका कारण पर्यटकहरुले सास्ती खेप्नु परिरहेको अवस्थामा सडक पूर्वाधार विकास कार्यालय पाल्पाले ठेक्का प्रक्रियामार्फत सडक स्तरोन्नतिको काम गराएको हो ।
माघ १७ गतेदेखि सडक बन्द गरेर स्तरोन्नतीको काम भइरहेको छ । काम अन्तिम चरणमा पुगेको छ । अवलदेखि रानीमहलसम्मको सडक जोखिमयुक्त रहेकाले बाह्रै महिना सहज रुपमा यातायातका साधन चल्ने गरी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत स्तरोन्नतीको काम भइरहेको हो ।
यहाँ सडक स्तरन्नोतीको कार्य अन्तर्गत ढलान, मेशिनरी वाल, ग्याबिङ वाल लगायतका काम भइरहेका छन् । हालसम्म ८५ प्रतिशत काम सकिएको छ । ठेक्का सम्झौता अनुसार २०८० चैत ३० मा सम्पन्न गरिसक्नुपर्ने भए पनि फागुन भित्रै (एक महिना अगावै) सम्पूर्ण काम सक्ने गरी धमाधम भइरहेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख बासुदेव भण्डारीले बताउनुभयो ।
ग्राहुनकाली कन्स्ट्रक्सन रामपुर पाल्पाले भ्याटसहित ३६ लाख ८४ हजार ९ सय २८ रुपैयाँको लागतमा निर्माणको कार्यको जिम्मा लिएको हो । ठेक्का सम्झौता अनुसार साढे ५ मिटर सडक चौडा गर्नुपर्ने उल्लेख छ । तर निर्माण कम्पनीले जिम्मा लिएको काम करिब सम्पन्न भइसकेको छ । अहिले ठेक्का अनुसारको काम सकिए पनि सडक मर्मत, -यालिङ् जस्ता कामहरु भइरहेका छन् । कार्यालयले मर्मत अन्तर्गत १५/२० लाख बजेट छुट्याएर सडकको मर्मत सम्भार गरिहेको छ । उसले सडक जोखिमलाई मध्यनजर गरी साढे ५ मिटर चौडालाई बढाएर ५/८० मिटरसम्म पु-याएर काम गरेको हो ।
हालसम्म १ सय ३५ मिटर ढलानको काम सकिएको छ । हात्तीढुंगा तलको बैकुण्ठे भिरस्थित सडकमा ढलान गरी ५० सेन्टिमिटरमा प्यरासुट निर्माण समेत गरिएको छ । त्यहाँ ¥यालिङ निर्माणको कार्यसँगै पाइपको काम समेत भइरहेको छ । अबको केही दिनमा सम्पूर्ण काम सम्पन्न भइसक्ने सडक पूर्वाधार विकास कार्यालयका प्रमुख भण्डारीले बताउनुभयो । यहाँ सडक स्तरन्नोती भएसँगै सम्भावित दुर्घटनामा कमी आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसअघि वर्षायाममा हिलोको कारण सवारी साधान चल्न नसक्ने र हिउँदमा खाल्डा खुल्डीका कारण रानीमहल पुग्ने पर्यटकहरुले सास्ती खेप्नुको साथै दुर्घटनाको शिकार समेत बन्नु परेको थियो ।
तानसेन हुँदै रानीमहलसम्म पुग्ने अधिकासं सडकमा खाल्डाखुल्डी हुनुको साथै ढलको व्यवस्था नहुँदा पानीले हिलाम्मे र चिप्लो बन्न पुगेको थियो । बाह्य र आन्तरिक पर्यटक ओहोरदोहोर गर्ने सडकमा खाल्डाखुल्डी र चिप्लोका कारण नै अस्तव्यस्त हुने गर्थो । सडक स्तरन्नोतिको काम धमाधम भएकाले सहज हुने हात्तीढुँगामा होटल व्यवसाय गर्दै आएका श्रीधर गैरे विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘अहिले धेरै काम सकिएको र अब केही दिनमा सबै काम सकिएर सडक सहज बन्ने छ ।’ रानीमहल सडक स्तरन्नोतिमा सडक पूर्वाधारले देखाएको सक्रियता र चासो प्रसंसनिय रहेको गैरेको भनाई छ ।
बैंकुण्ठे भिरस्थित सडक अन्तर्गतका ठाउँ–ठाउँमा खाल्डा खुल्डी परे पछि दुर्घटनाहरु समेत बढेको थियो । अहिले त्यहाँको सडक स्तरन्नोती मात्र होइन सुरक्षालाई समेत ध्यानमा राखेर काम भएको स्थानीय गैरेले बताउनुभयो । माघ १७ गतेदेखि सडक पूर्ण रुपमा बन्द गरेर काम भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच