![सलमान र शाहरुखले दिए अनन्तकाे विवाहमा करोडौंको उपहार](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/salman-shaharukh-khan.jpg)
गुल्मी । गुल्मीको तम्घासमा ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । शनिबार ग्लोबल आइएमई बैंक लिमिटेड हस्पिटललाइन तम्घास शाखाले ग्राहकहरुलाई डिजिटल बैंकिङ सम्बन्धि वित्तीय साक्षरता गरेको हो ।
बैंकले जिल्लामा वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम गरेको शाखा प्रमुख कविता गौतमले बताउनुभयो । पछिल्लो समय डिजिटल बैंकिङ कारोबार बढ्दै जाँदा जानकारीको अभाव र असावधानीका कारण ठगीका घटना समेत हुने गरेको भन्दै यसको न्यूनिकरणका लागि समय–समयमा डिजिटल बैकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने र अपनाउनुपर्ने सावधानीका विषयमा समेत जानकारी गराइएको उहाँले बताउनुभयो ।
त्यस अवसरमा सहभागीलाई वित्तीय लक्ष्य निर्माण, बचत, ऋण, बजेट, रेमिट्यान्स, बैकिङ जालसाजी, प्रलोभन, डिजिटल बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषयमा अभिमुखिकरण गरिएको बैंकका बबिता पन्थले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय व्यवसायी, गृहणी, शिक्षक, विद्यार्थी, कृषक गरी करिब एक सय जनाको सहभागिता रहेको थियो । बैंकले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका शाखाहरु मार्फत वित्तीय सारक्षता कार्यक्रम गर्दै आइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागी रेसुङ्गा नगरपालिका–३ का स्थानीय विजय शर्माले अहिलेको अवस्थामा डिजिटल बैंकिङका विषयमा सबै नागरिकहरुहरु साक्षर हुन आवश्यक रहेको बताउनुभयो । डिजिटल बैंकिङ कारोबार गर्दा सानो त्रुटिका कारणले पनि छिनभरमै आर्थिक क्षेति हुने भएकाले अनावश्यक रुपमा मोबाइलमा आउने म्यासेज, लालच, प्रलोभन जस्ता कुराहरुमा पर्न र झुक्किन नहुने बताउनुभयो ।
आर्थिक कारोबार कसरी गर्ने, बचत कसरी गर्ने, खाताको सुरक्षाका लागि बलियो पासवर्ड कसरी राख्नेलगायतका विविध विषयमा महत्वपूर्ण जानकारी पाएको शर्माको भनाइ छ । बैंकिंङ साक्षरता मार्फत महत्वपूर्ण जानकारी गराएको भन्दै उहाँले बैंकलाई धन्यवाद समेत दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच