काठमाडौं । सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ । अमेरिकी कमर्स डिपार्टमेन्टले हालै सार्वजनिक गरेको मूल्यवृद्धि दरसम्बन्धी प्रतिवेदनका कारण बजारमा सामान्य उतारचढाव देखिएको विश्लेषकहरूले बताएका छन् । उक्त रिपोर्टले मूल्य वृद्धिदर प्रक्षेपणभन्दा बढी आएको देखाएको छ ।
नेपाली बजारमा पनि यस साता सुनको मूल्य आइतबार प्रति १० ग्राम एक लाख एक हजार पाँच सय ९५ रुपैयाँ रहेकामा चौथो दिन एक लाख एक हजार तीन सय ४० मा झरेर त्यसपछिका दिनमा पुनः वृद्धि हुँदै साताको पछिल्लो कारोबार दिन शुक्रबार एक लाख दुई हजार २५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मूल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम चार सय ३० रुपैयाँले बढी हो ।
चाँदीको मूल्य पनि बिहीबारसम्म घटेर शुक्रबार सामान्य बढेको थियो । साताको पहिलो दिन आइतबार एक हजार दुई सय रुपैयाँ रहेको चाँदीको मूल्य साताको अन्तिम कारोबार दिन शुक्रबार प्रति १० ग्राम एक हजार एक सय ९२ रुपैयाँ कायम भएको महासंघ महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच