पाल्पा । जिल्लाको एक स्थानीय सरकारले श्रमिकहरुलाई सम्मान गरेको छ । यहाँको रिब्दीकोट गाउँपालिलकाले पालिका भित्रका ६० जना श्रमिकलाई सम्मान गरेको हो ।
नियमित रुपमा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दे आएका श्रमिकहरु र उनीहरुको श्रमलाई सम्मान गर्दै आगामी दिनमा थप प्रभावकारी ढंगले श्रममा लाग्न उत्प्रेरण प्रदान गर्ने उद्देश्यले पालिकाले उनीहरुलाई सम्म्मान गरेको जनाएको छ ।
श्रम गर्ने मध्ये अधिकांसले जाँड रक्सी समेत सेवन गर्ने गर्दछन् । त्यस्ता श्रमिकहरुलाई समेत त्यस्तो कूलतबाट अलग राखी सहज, सरल र सम्मानजनक रुपमा समाजमा बाँच्न पाउने अधिकारको सुनिश्चत गर्नका लागि पनि पालिकाले श्रमिकहरुको खोजी गरी सम्मानको थालनी गरेको हो । पालिकाले उनीहरुलाई टिका, फूलमालासहित पोशाक वितरण गरी सम्मान गरेको छ ।
हाम्रो समाजमा श्रमिकलाई अपमान गरिन्छ, जाड रक्सी खानेलाई गाली गरिन्छ, प्रहरीले पक्राउ गर्छ, थाना चौकीमा लैजान्छ, थुन्छ, कानुनी कारवाही गर्छ । तर रिब्दीकोट गाउँ सरकारले भने ठिक उल्टो काम गरेको छ । यसले जाडरक्सी खाने श्रमिकहरुलाई पालिकामै बोलाएर एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेको हो ।
स्थानीय सरकार भनेकै जनताहरुको दुःखमा साथ दिने, सुसस्कृत समाज निर्माण गर्ने, विकृति विसंगति हटाउने, समाजमा मेल मिलापको वातावरण बनाउने, जनताको अविभावकत्व ग्रहण गर्ने भएकाले गाउँपालिकाले नियमित जाड रक्सी खाने श्रमिकलाई खोजी खोजी सम्मान गरेर रक्सी खाने मन विचार बुद्धिलाई सही काममा मोड्नको लागि पहिलो पटक यो अभियान शुरु गरिएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । ‘जाँड, रक्सी, सुर्ती, खैनी खाने नखाने सबैका लागि गाउँपालिका अविभावक हो । पालिकाभित्र जाड रक्सी खानेलाई हामीले नसुधारे कसले सुधार्ने ? हामीले हेरचाह, परामर्श नगरे कसले गर्ने ? काम जानेका छन्, कोही सिर्कर्मी छन्, कोही डकर्मी छन्, कोही फलामको काम गर्छन् कोही ज्याला, मजदुर गर्छन्, दैनिक एक हजारदेखि पन्ध सयसम्म कमाउँछन् तर दिउँसोमा कमाएको पैसा साँझमा उडाउँछन्, जसको कारण, नत आफ्नो टुंगो लाग्छ, नत परिवारले राम्रो खान लाउन, शिक्षा दिक्षा पाउँछन, अन्तिममा कुकुर मोराईमा मानिसको मृत्यु हुन्छ, यस्ता व्यक्तिहरुलाई परिवर्तन गरी पारिवारीक सामाजिक क्षेत्रमा क्रियासिल बनाउनको लागि हामी लागिपरेका छौं’ उहाँले भन्नुभयो ।
गाउँपालिकाले पुरुष मात्र होइन नियमित रक्सी सेवन गर्ने महिला श्रमिकहरुलाई समेत सम्मान गरेको छ । विकास निर्माणसंगै, सभ्य समाज निर्माण गर्नु, समाजमा हुने विकृति विसंगति हटाउनु, गलत बाटो तथा संस्कारमा लागेका व्यक्तिहरुलाई साहारा दिई सुधार गर्नु स्थानीय सरकारको दायित्व सम्झेर काम गरेको उपाध्यक्ष कान्ता अधिकारीले बताउनुभयो ।
गाउँघरमा रहेका विकृति विसंगति हटाई सभ्य समाज निर्माण गर्ने जिम्मेवारी पालिकाको भएकाले यस्तो अभियान चलाइएको प्रमुख प्रशासकीय अधिकृत मणीप्रसाद खनालले बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सीनाले पालिकाले श्रमिकहरुको सम्मान गरेर जिल्लामै नमूना काम गरेको बताउनुभयो । पालिकाभरीका नियमित जाड, रक्सी खाने श्रमिकहरुलाई सम्मान मात्र होईन उनीहरुलाई रक्सी सेवन बाट हुने आफ्नो स्वास्थ्य, पारिवारिक अवस्था, समाजमा पार्ने प्रभाव, कानुनी दण्ड सजायसंगै कम उमेरमा हुने मृत्युको बारेमा पूर्व पत्रकार रामप्रसाद न्यौपाने, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी, प्रहरी हवलदार गोविन्द किसानले प्रशिक्षण दिएका थिए । पालिकाले रक्सी छोड्ने युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारीमा प्राथमिकता दिने रोजगार संयोजक दुर्गा पछाईले बताउनुभयो ।
पालिकाले जोखिम मोलेर नयाँ कार्यक्रम शुरु गरेको र आगामी वर्ष, समाजमा हुने गरेका विकृति विसंगति हटाउन, जाड रक्सीमा भुलेका युवाहरुलाई श्रम र सीप, आयआर्जनसंग जोड्ने गरी गाउँपालिकाले नीतिगत व्यवस्था गर्ने विषयमा छलफल शुरु भएको पालिकाका सूचना अधिकारी रुकलाल भट्टराईले बताउनुभयो ।
अध्यक्षको पारिश्रमिकबाट स्वास्थ्य बीमा कार्यक्रममा आएका अति विपन्न गरिव आर्थिक अवस्था कमजोर भएका ३० श्रमिकका घरपरिवारलाई पालिका अध्यक्ष कार्कीले आफ्नो तलव भत्ताबाट निशुल्क रुपमा स्वास्थ बिमा समेत गरिदिनुभएको छ । उहाँले आधारभूत स्वास्थ्य उपचारबाट कुनै पनि नागरिक बञ्चित हुन नपरोस् भनेर स्थानीय सरकारले स्वास्थ्यमा महत्वपूर्ण कार्यक्रमहरु समेत ल्याएको बताउनुभयो । अध्यक्ष कार्कीले निर्वाचित भएपछि सरकारबाट पाउने तलबसुविधा समेत विपन्न जनताको सेवामा खर्चिदै आएको बताउनुभयो । उहाँले आफूले पाउँदै आएको तलब गरिब, विपन्न, असहाय,गाउँपालिकाको धार्मिक, शैक्षिक, पर्यटकीय, कृषि लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको पाइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच