काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको चेम्बर एक्स्पो २०२४ हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा फागुन २४ देखि २८ गतेसम्म एक्स्पो हुने आयोजकले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी केन्द्रको सहकार्यमा हुने एक्स्पोमा फोकस कन्ट्रीका रूपमा दक्षिण कोरिया रहेको छ ।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रलाई एकीकृत गर्ने एक्स्पोको मुख्य उद्देश्य रहेको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । एक्स्पोमा इण्डियन चेम्बर अफ कमर्सको अगुवाइमा भारत आयुष एक्जिबिसन कन्फरेन्ससमेत सञ्चालन हुने बताइएको छ । एक्स्पोमा नेपालमा रहेको रुसी दूतावासको वाणिज्य शाखा र मलेसियन दूतावासको वाणिज्य शाखाका साथै बंगलादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानका व्यवसायीको पनि सहभागिता रहने चेम्बरले जनाएको छ । एक्स्पोमा हस्तकला, घरजग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, सवारीसाधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्री रहने बताइएको छ ।
एक्स्पोको सिल्भर स्पोन्सर एनसेल रहेको छ भने अफिसियल इन्स्योरेन्स पार्टनरका रूपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रालिको व्यवस्थापनमा हुने एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका एक सय ५० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच