काठमाडौं । दि सिन्धुपाल्चोक बिजनेस क्लबको चौथो अधिवेशनबाट नयनबहादुर पण्डितको अध्यक्षतामा सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ । प्रथम उपाध्यक्षमा अमृतकुमार खड्का, द्वितीय उपाध्यक्षमा डोरबहादुर भण्डारी, महासचिवमा रत्नप्रसाद पराजुली, कोषाध्यक्षमा रामचन्द्र पराजुली रहेका छन् । सदस्यमा शम्भुविक्रम थापा, हरिओम मकाजु, रामनाथ मैनाली, राजकुमार तिमल्सिना, राजेन्द्रबहादुर रिजाल, मुके शेर्पा, देवलाल श्रेष्ठ र विष्णुप्रसाद न्यौपाने रहेका छन् ।
शनिबार भक्तपुरमा आयोजित क्लबको चौथो अधिवेशन तथा ११ औँ वार्षिक साधारणसभा क्लबका संस्थापक तथा बागमती प्रदेशको वन तथा वातावरणमन्त्री मसिना खड्काको उपस्थितिमा भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य नरेशलाल श्रेष्ठ, क्लबका पूर्वअध्यक्ष एवं लक्ष्मी सनराइज बैंकका सञ्चालक दिनेश पौड्याल, अमृतकुमार खड्काले क्लबका गतिविधिबारे चर्चा गरेका थिए ।
सो अवसरमा नेपाल हिमालय सीमापार वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरिएको थियो । वाणिज्य संघका अध्यक्ष रामहरि कार्की, वरिष्ठ उपाध्यक्ष गंगाबहादुर घिमिरे ‘सागर’, क्लबका महासचिव एवं लायन्स क्लब इन्टरनेसनल ३२५ एमका चिफ डिष्ट्रिक्ट एडभाइजर रत्न पराजुलीलगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच