जलविद्युत्सम्बन्धी कार्यशाला हुने

Read Time = 2 mins

काठमाडौं । असार दोस्रो साता राजधानीमा ‘जलविद्युत्को शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी आयोजना हुने भएको छ । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) ले असार १२ गते जमलस्थित होटल यल्लो प्यागोडामा आयोजना गर्ने गोष्ठीमा जलविद्युत् क्षेत्रसँग सम्बन्धित उद्यमी, लगानीकर्ता, बैंकर, बिमक, विवाद मध्यस्थकर्ता, बिमा नियमनकारी निकाय, क्षति मूल्यांकनकर्तालगायतसँग विस्तृत छलफल र अन्तरक्रिया हुने बताइएको छ । नेपालको अर्थतन्त्र तथा समष्टिगत विकासका लागि जलविद्युत्ले गर्न सक्ने योगदानलाई मनन् गर्दै कार्यशाला आयोजना गर्न लागिएको निसाका अध्यक्ष मोहनपुरुष ढकालले जानकारी दिनुभयो ।

कार्यशालाबाट जलविद्युत् क्षेत्रसँग सम्बन्धित लगानी गर्न चाहने उद्यमी, लगानीकर्ता तथा बैंकर, लगानीको जोखिम हस्तान्तरण गर्न चाहने र जोखिम रक्षावरण गर्न चाहने बिमक तथा पुनर्बिमक, भवितव्य भई क्षति भएमा क्षतिको मूल्यांकन गर्ने मूल्यांकनकर्ता, बिमा उद्योगमा कुनै विवाद उत्पन्न भएमा विवाद समाधान गर्ने मध्यस्थकर्ता, सम्पूर्ण लगानीकर्ताको लगानी सुरक्षालाई बिमा क्षेत्रमा नियमन गर्ने नियामनकारी निकायबीचको असमझदारीको खाडल पूर्ति गर्न मार्गनिर्देशन गर्नुका साथै सम्बन्धित निकायलाई उपयुक्त नीति निर्माणमा सहयोग पुग्ने आयोजकको दाबी छ । कार्यक्रममा एक सय ५० देखि दुई सयजनासम्मको सहभागिता रहने कार्यक्रमको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गर्नुहुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?