काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ। आइतबार बिहानैदेखि पार्टी सचिवालयको बैठक जारी रहेको रास्वपाका एक नेताले जानकारी दिनुभयाे ।
ती नेताका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र संक्रमणकालीन न्यायबारे छलफल भइरहेको छ । आइतबार राती अबेरसम्म रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्नुभएकाे थियाे ।
पछिल्लो समय सत्ता गठबन्धनमा आएको संकटसँगै राजनीति गतिविधि बढिरहेको छ । उता एमालेको सचिवालय बैठक पनि बालकोटमा बसिरहेको छ । एमाले बैठकमा टिआरसी विधेयक र सत्ता गठबन्धनको विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयाे ।
यता सोमाबार बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक स्थगित गरे एमाले र रास्वपासहितका दलहरुलाई छलफलमा बोलाउने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच