जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित धप्के पाटनको हिउँमा फसेका स्थानीयवासि सम्पर्कमा आएका छन् ।
जिल्लाको तातोपानी गाउँपालिका ७ को बारागाउँका दुई पुरुष सहित छ महिला सम्पर्कमा आएको वडाध्यक्ष तिलक रावतले जानकारी दिनुभयो ।
गाउँबाट पाटनमा जडिबुटी संकलन गर्न गएका अत रावत र संसार थापा सहित छ जना महिला घरको सम्पर्कमा आईसकेका छन् । पाटनमा हिउँ परेको छ। घरसम्म पुग्न केही समय लाग्ने भएको छ। हिउँमा फसेका आठैजना घरको सम्पर्कमा आएको वडाध्यक्ष रावतको भनाइ छ।
जडिबुटी संकलन गर्न जाँदा गिडीदह आसपासमा परेको हिमपातले उनीहरूलाई गाह्रो बनाएको रहे छ। अहिले मौसम सफा भएपछि सहजरूपमा घर पुगिने जानकारी आएको वडाध्यक्ष रावतले बताउनुभयो । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले गिडिखोलाको धप्के पाटनको बजेडि ओडारमा हिउँमा फसेकासबै अहिले सुरक्षित रहेका छन् । त्यहाँ रहेका अत रावतसंग कुरा गरे । सबै सुरक्षित छन् । खाधान्न पनि छ ।
आज र भोलि हिउँ नपरे कुनै जोखिम छैन । हामी नियमित सम्पर्कमै रहेको गाउँपालिका अध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच