म्याग्दी । मुस्ताङमा एक भारतीय पर्यटकको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । भारतको गुजरातका ५७ वर्षीय भूपेन्द्रभाइ पटेलको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रानीपौवामा आज लेक लागेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुुसार मुक्तिनाथ जाने क्रममा लेक लागेर बिरामी भएका पटेललाई प्रहरीले उपचारका लागि जोमसोम अस्पताल पु¥याएको थियो । उनलाई अस्पताल ल्याइपु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
पटेल साथी र आफन्तसँगै मुक्तिनाथ दर्शनका लागि आएका थिए । प्रहरी निरीक्षक मिलन विकको टोलीले उनको उद्धार गरी जोमसोम लगेको थियो । मुक्तिनाथ आसपासको क्षेत्रमा शनिबारदेखि हिउँ परेको छ । हिमपातसँगै चिसो बढेको छ । प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच