अमेरिकी डलरको भाउ बढ्दा युरो घट्यो

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

लगातार चार दिनदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ दुइदिन यता बढेको छ । बिहिबार डलरमा ३० पैसाले वृद्धि भएको छ । यसअघि बुधबार ११ पैसाले डलरमा वृदी भएको थियो ।

बिहीबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ । यसअघि बुधबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ५७ पैसा कायमम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोपियन युरो १८ पैसाले घटेको छ । बिशीबार युरो एकको खरिददर १४३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रुपैयाँ १३ पैसा कायम गरिएको छ। बुधबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो।

बिहीबार बेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७ पैसाले घटेको हो । बुधबार यसको खरिदमूल्य १६२ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ६१ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

बिहीबार साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६९ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा बिहीबार ४२८ रुपैयाँ ९ पैसा र बिक्रीमा ४३० रुपैयाँ ५ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ २१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ८० पैसा तोकिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?