
काठमाडौं । एनएनआइपिए स्पोर्ट्स अवार्ड अर्को महिना आयोजना हुने भएको छ । अवार्डको १८औँ संस्करण चैत १२ गते आयोजना हुने नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । गत वर्ष गण्डकी प्रदेशमा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ खेलहरूका आधारमा सम्बन्धित संघले सिफारिस गरिएका खेलाडीहरूलाई वर्ष उत्कृष्ट खेलाडी-२०७९ बाट अवार्ड प्रदान गरिने एनएनआइपिएकासदस्य र अवार्डका संयोजक पुरुषोत्तम बज्राचार्यले जानकारी गराउनुभयो ।
विगतका केही वर्षदेखि यो कार्यक्रम उपत्यकाका काठमाडौं, ललितपुर तथा भक्तपुरलगायतका विभिन्न ऐतिहासिक, सांस्कृतिक शहरहरूमा आयोजना गर्दै आइरहेकामा एनएनआइपिएले यसपटक अवार्ड ललितपुरमा आयोजना गर्ने भएको छ ।
३६ खेलमध्येका उत्कृष्ट खेलाडीले अवार्डसहित जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीहरूमध्येबाट एक महिला र एक पुरुषलाई सर्वोकृष्ट घोषित गर्दै १ लाख रुपैयाँ दिइनेछ । त्यस्तै, एक महिला र एक पुरुषलाई प्रतिभाशाली खेलाडी सम्मानबाट सम्मानित गरिने आयोजकले जनाएको छ । उहाँहरूले ५० हजार रुपैयाँ प्राप्त गर्नुहुनेछ ।
एकजना पाका खेल व्यक्तिलाई गजराज आदर्श खेल व्यक्तित्वबाट र एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिनेछ । उनीहरूले ३५ हजार रुपैयाँ पाउनेछन् । एकजनालाई वर्ष उत्कृष्ट पारा खेलाडीबाट सम्मानित गरिनेछ भने १५ हजार रुपैयाँसमेत प्रदान गरिनेछ ।
एनएनआइपिए अवार्डबाट सम्मानित हुने ३६ खेलमा फुटबल, साइक्लिङ, भलिबल, एथलेटिक्स, फेन्सिङ, तेक्वान्डो, हृयाण्डबल, जिम्नाष्टिक, लन टेनिस, गल्फ, हक्की, सफ्टटेनिस, उसु, स्विमिङ, स्क्वास, भारोत्तोलन, ट्रायथलन, क्रिकेट, सुटिङ, आइटिएफ तेक्वान्डो, फुल कन्ट्याक्ट कराँतेका खेलाडी छन् ।
त्यस्तै, जुडो, कुस्ती, रग्बी, ब्याडमिन्टन, बास्केटबल, आर्चरी, कबड्डी, टेबल टेनिस, कराँते, शारीरिक सुगठन, खो खो, पाराग्लाइडिङ, बक्सिङ, बुद्धिचाल, सेपाकटाक्रोका खेलाडी एनएनआइपिए अवार्डबाट सम्मानित हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच