तनहँ । पहाडकी रानी बन्दीपुरमा रहेको बन्दीपुर केबलकारको बटम स्टेसन केबलकार चोकमा पाँच फिट अग्लो सांस्कृतिक विरासत बोकेको भगवान् शिवको मूर्ति स्थापना गरी महाशिवरात्रिको दिन प्राणप्रतिष्ठा हुने भएको छ । लगातार सात दिनको विशेष धार्मिक तयारीपछि बाजागाजा, भजनकीर्तन र शिवधुनी मेलासहित भव्यरूपमा महाशिवरात्री मेला गरेर प्राणप्रतिष्ठा गरिने बन्दीपुर केबलकार भगवान् शिव प्राणप्रतिष्ठा समितिका संयोजक किरण पोखरेलले बताउनुभएको छ ।
सो अवसरमा लाखबत्ती जलाउने कार्यक्रमसमेत रहेको छ । फागुन २४ गतेदेखि विशेष पूजा सुरु गरी फागुन २६ गते बिहान सम्पूर्ण विधिअनुसार पूजा सम्पन्न गर्ने कार्यक्रम रहेको तथा नियमित भक्तजन एवं धार्मिक पर्यटकले २६ गतेदेखि नै दर्शन गर्न सक्ने समेत समितिले जनाएको छ ।
सोही स्थानमा पर्यटकीयरूपमा दर्शन गर्न मिल्ने गरी अर्को ४२ फिट अग्लो शिवजीको मूर्ति बनिरहेको र आगामी दुर्ई महिनाभित्र तयार भई दर्शन गर्न सकिने गरी काम भइरहेको पनि समितिले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच