![मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/yarsaghumba.jpg)
काठमाडौं । सघन शहरी तथा भवन निर्माण कार्यालय, राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सचिन्द्रकुमार देवसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधुवापुरको वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३०० मिटर दूरीको सडक कालोपत्रे गर्दा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मंगलवार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
भ्रष्टाचार मुद्दा लाग्नेमा सीडीई देवसहित तत्कालीन इन्जिनियर मदन राय, सब–इन्जिनियर सरोजकुमार यादव र गुन्जा कन्सट्रक्सन, खडक–८, सप्तरीका प्रोपराइटर गोविन्दप्रसाद मण्डल छन् ।
उनीहरुविरुट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा तीन लाख सत्चालीस हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी सहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच