दाङ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमि लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर(शिखर सम्मेलन) विशेष कारणले स्थगित भएको छ ।
मंगलवार भएको मन्त्रीपरिषदको बैठकले विशेष कारणबस शिखर सम्मेलन स्थागन गर्ने निणर्य गरेको हो ।
अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रीपरिषद बैठकले स्थगन गर्ने निर्णय गरेको सरकारकाका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय शिखर सम्मेलन लागि प्रदेश सरकारले ७ करोड १० लाख रकम विनियोजन गरिसकको थियो यसका लागि नोवेल शान्ति पुरस्कार विजेता ११ जना सहित विभिन्न देशका ३०० उच्च पदस्थ व्यक्तिहरु आउने निश्चित भएको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी गराउनुभएको थियो ।
सम्मेलनबाट लुम्बिनीको ब्राण्डिङ गर्ने र लुम्बिनीका लागि स्रोत सुनिश्चिता गर्ने सरकारले बताउँदै आएको थियो । तर संघमा सत्ता समीकरणमा आएको उलटफेरले प्रदेशमा समेत त्यसको असर देखिएको छ । यहाँ नेपाली कांग्रेसबाट माओवादी केन्द्रको समर्थनमा डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच