काठमाडौं । नइ प्रकाशनले आ-आफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने चार वर्षदेखि १५ वर्षसम्मका आठजना बालबालिकालाई २०७९ सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । प्रकाशनका कुलपति इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
‘नइ देरुनीखपू बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ आयुषा लम्साल, साहित्यतर्फ कुञ्जल शुभेच्छु लुइँटेल, चित्रकलातर्फ रेजिना बोहोरा, संगीततर्फ ईशा प्रजापति, नृत्यतर्फ कृष्मा ढुंगाना, खेलकुदतर्फ आहाना कार्की रहनुभएको छ । ताम्रपत्रसहित पुरस्कारका राशि जनही दश हजार रुपैयाँ रहेको छ ।
यसैगरी नृत्यमा नइ कोपिला पुरस्कार ऋषिका घिमिरे र नइ चिचिला पुरस्कार श्रेस्मी दाहाललाई समर्पण गर्ने नइ प्रकाशनले जनाएकोे छ । ताम्रपत्रसहित यी पुरस्कारका राशि सात हजार र पाँच हजार रुपैयाँ रहेका छन् । आगामी चैत ३० गते काठमाडौंमा २०७९ सालका सम्पूर्ण नइ पुरस्कारहरू समर्पण गरिने कार्यक्रम रहेको नइका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच