हाम्रा प्राचीन अस्त्रशस्त्र

Read Time = 15 mins

✍️ मणि शर्मा

हाम्रा प्राचीन धर्म यति समृद्ध तथा वैज्ञानिक थिए कि आजको विज्ञानले पनि त्यतिको प्रगति गर्न सकेको छैन । अहिले पश्चिमा शक्तिकेन्द्रहरूले आविष्कार गरेको परमाणु बमहरूभन्दा हाम्रो दैवीय अस्त्रशस्त्र अत्याधिकक शक्तिशाली थिए । हाम्रै शास्त्रको सहायताले पश्चिमाहरू आज विकासको भर्‍याङ चढेका छन् । हामी हाम्रो अतीतलाई उपेक्षा गर्दै पश्चिमाको अन्धानुकरण गर्ने गर्छौं, त्यो पनि विकृतिहरूको । आजको लेखमा केही दिव्यास्त्रहरूको बारेमा चर्चा गरिन्छ जुन त्रिदेवहरूसँग सम्बन्धित छ । साधरणतया हामी दिव्यास्त्रभन्दा ब्रहृमास्त्र, पाशुपत अस्त्र र नारायण अस्त्रका बारेमा नै जान्दछौँ । तर, त्रिदेवहरूको दिव्यास्त्र पनि तीन श्रेणीमा बाँडिएका छन्, जो यी भन्दा पनि शक्तिशाली छन् ।

श्रेणी १. ब्रहृमास्त्र, सम्भवतः यो सबैभन्दा शक्तिशाली अस्त्र थियो । कुनै पनि योद्धासँग दिव्यास्त्र हुनु सम्मानको कुरा हुने गथ्र्यो । यसको सृष्टि ब्रहृमाले गरेका थिए र यो अमोघ अस्त्र थियो । यसलाई जहाँ छोडिन्थ्यो त्यहाँको पृथ्वी जलेर भष्म हुन्थ्यो भन्ने मान्यता छ । यो एउटा विनाशक अस्त्र थियो । वैज्ञानिक जे.रोबर्ट ओपनहाइमरले गीता तथा हाभारतको गहन अध्ययन गरेका थिए । किनकि वैज्ञानिकहरूले महाभारतमा भएको ब्रहृमास्त्र प्रहारलाई विश्वको पहिलो परमाणु बम भएको हुनसक्ने भनेका छन् । उनले महाभारतमा भनिएको ब्रहृमास्त्रको संहारक क्षमतामाथि शोध गरेका थिए । उनले आफ्नो मिसनको नाम दिएका थिए ट्रिनित्री (त्रिदेव) ।

त्रेता युगमा राम, लक्ष्मण, रावण, मेघनाद, अतिकाय, परशुराम, वशिष्ठ र विश्वामित्रसँग ब्रहृमास्त्र थियो । यसले के देखाउँछ भने ब्राहृमणहरूले पनि पापी तथा दानवहरूको वधका लागि ब्रहृमास्त्र राख्ने गर्थे । अहिंसा परम धर्म हो किन्तु धर्मको रक्षाका लागि हिंसा पनि धर्म हो ।

उनको नेतृत्वमा सन् १९३९ देखि १९४५ को बीचमा वैज्ञानिकहरूको एउटा टिमले यो कार्य गरेका थिए । १६ जुलाई १९४५, अगष्ट ६ मा यसको परीक्षण जापानमा गरिएको थियो । शोधकार्यमा संलग्न वैज्ञानिकहरूले महाभारतको युद्धमा वास्तवमा परमाणु बमको उपयोग भएको मानेका छन् । पूणे, भारतका डाक्टर तथा लेखक पद्माकर विष्णु वर्तकले आफ्नो शोधकार्यबाट पत्ता लगाएका थिए कि महाभारतको युद्धमा दुईवटा ब्रहृमास्त्र चलेका थिए । ब्रहृमास्त्रको शक्तिलाई अर्को ब्रहृमास्त्रले मात्र काट्न सक्थ्यो । ब्रहृमास्त्र धेरै किसिमका हुन्छन् । साना ठूला तर सबै संहारक नै हुन्छन् ।

इच्छित, रासायनिक, दिव्य तथा मान्त्रिक यसको प्रकार हो । मानिन्छ दुई ब्रहृमास्त्रको टक्करले पृथ्वी नै समाप्त हुने भय हुन्थ्यो । महाभारतको सौप्तिक पर्वको अध्याय १३ देखि १५ सम्म ब्रहृमास्त्रको परिणाम दिइएको छ । ब्रहृमाले दैत्यहरूको विनाशका लागि यो अस्त्र उत्पत्ति गरेका थिए । प्रारम्भमा यो अस्त्र देवी र देउताहरूसँग मात्र हुन्थ्यो पछि मानिसलाई पनि उपलब्ध गराइयो ।

त्रेता युगमा राम, लक्ष्मण, रावण, मेघनाद, अतिकाय, परशुराम, वशिष्ठ र विश्वामित्रसँग यो अस्त्र थियो । यसले के देखाउँछ भने ब्राहृमणहरूले पनि पापी तथा दानवहरूको वधका लागि ब्रहृमास्त्र राख्ने गर्थे । अहिंसा परमो धर्मः, धर्म हिंसा तथैव च । अहिंसा परम धर्म हो किन्तु धर्मको रक्षाका लागि हिंसा पनि धर्म हो । ब्रहृमास्त्र छोडेपछि प्रलय अग्नि निस्कन्थ्यो, जसले जीवजन्तु, वनस्पति र समस्त चर अचर वस्तुहरूको नाश गर्दथ्यो । जुन स्थानमा ब्रहृमास्त्रको प्रयोग हुन्थ्यो त्यहाँ बाह्र वर्षसम्म दुर्भिक्ष पथ्र्यो । ब्रहृमास्त्रले ब्रहृमाको एक मुखको प्रतिनिधित्व गर्छ ।

वैष्णवास्त्र, यो भगवान विष्णुको अचूक अस्त्र थियो । केवल विष्णुलाई प्रसन्न पारेरमात्र यो अस्त्र पाउन सकिन्थ्यो । यसले न केवल मनुष्य अपितु देवताहरूको पनि नाश गर्न सकिन्थ्यो । रामायणमा यो अस्त्र विश्वामित्रसँग थियो जसलाई उनले रामलाई दिएका थिए । यस अस्त्रले रामले परशुरामका प्रभावलाई निस्तेज पारेका थिए । महाभारतमा यो अस्त्र श्रीकृष्ण र भगदत्तसँग थियो । भगदत्तले यसको प्रयोग अर्जुनमाथि गरेका थिए किन्तु श्रीकृष्णले मार्गमै यसलाई आफूमाथि लिएका थिए ।

रुद्रास्त्र महादेवको महाविनाशक अस्त्र थियो । यसलाई चलाउँदा ११ रूद्रहरूको सम्मिलित शक्ति एकसाथ प्रहार गरिन्थ्यो र लक्ष्यलाई विध्वंश गरिन्थ्यो । यसो त यो अस्त्र कसैसँग थिएन तर एउटा कथाअनुसार अर्जुनले शिवजीबाट यो अस्त्र प्राप्त गरेका थिए । जब अर्जुन स्वर्गलोकमा थिए तब उनले असुरहरूका विरुद्ध युद्धमा देवराज इन्द्रलाई सहायता गरेका थिए । त्यो युद्धमा देवताहरू पराजय हुनै लागेका थिए कि अर्जुनले कुनै उपाय नदेखेर रुद्रास्त्र चलाएका थिए, जसबाट तीन करोड असुरहरूको वध भएको थियो ।

श्रेणी २. ब्रहृमशिर, बहृमास्त्रको विकसित रूप हो जो ब्रहृमाको चार मुखको प्रतिनिधित्व गर्छ । यसरी यो अस्त्र ब्रहृमास्त्रभन्दा चार गुणा बढी शक्तिशाली थियो । यो यति शक्तिशाली थियोे कि यसबाट वनको बीचको केवल एउटा घाँसलाई मात्र नष्ट गर्न सकिन्थ्यो । यो अस्त्र कुनै पनि योद्धासँग भएको वर्णन पाइँदैन । केवल महर्षि अग्निवेशसँग थियो । ब्रहृमाशिर अस्त्रको निवारण केवल ब्रहृमशिर अस्त्रले नै गर्न सक्छ । महाभारतमा अर्जुन र अश्वत्थामाले अन्तिममा यसको प्रयोग गरेको कतै कतै वर्णन पाइन्छ तर महाभारतमा ब्रहृमास्त्रकै प्रयोग भएको थियो ।

शास्त्रमा यस्तो वर्णन छ कि जहाँ दुई ब्रहृमशिर अस्त्र ठोक्किन्छन् त्यहाँ १२ दिव्य वर्ष (४ हजार ३२० मानव वर्ष) सम्म एउटा पात पनि उम्रिँदैन । नारायण अस्त्र, यो अस्त्र भगवान नारायणले उत्पत्ति गरेका हुन् । यो अस्त्रले लामो समयसम्म अनेक प्रकारका अलग अलग अस्त्रहरू तथा अग्नि पनि वर्षा गथ्र्यो । जसले यसको विरोध गर्छ तब यसको तेजमा वृद्धि हुन्थ्यो र यो झन तीव्रताका साथ शत्रुमाथि आक्रमण गथ्र्यो । किन्तु जब योद्धाले आफ्नो अस्त्रशस्त्र त्यागेर शरण परेपछि यसले केही गर्दैन्थ्यो । शरणागतको रक्षा यसले गर्दथ्यो ।

महाभारतमा अश्वत्थामाले यसको प्रयोग पाण्डवहरूमाथि गरेका थिए । कृष्णले पाण्डवहरूलाई आत्मसमर्पण गर्दै आआफ्ना अस्त्रशस्त्र भूइँमा राख्न भनेपछि यसले प्रहार गरेन तर भीमले समर्पण गर्न नमानेर युद्ध गरिरहे र अन्त्यमा थाकेपछि आत्मसमपर्ण गरे । त्यसपछि यो अस्त्रले केही गरेन । यो अस्त्र एकचोटिमात्र चलाउन पाइन्थ्यो तर कसैले यसलाई दुईचोटि चलाए उसकै सेनालाई नारायण अस्त्रले नाश गरिदिन्थ्यो ।

पाशुपत अस्त्र, अत्यन्त विध्वंशक हुन्छ । यसको प्रहारबाट बच्न कठिन छ । यो अस्त्र शिव, काली तथा आदि पराशक्तिको अस्त्र हो जसलाई मन, आँखा, शब्द वा धनुषले प्रहार गर्न सकिन्थ्यो । यो अस्त्रलाई आफूभन्दा कमजोर वा कम योद्धामाथि छोड्न हुँदैन । पाशुपत अस्त्र सम्पूर्ण सृष्टिको विनाश गर्न सक्ने क्षमताको हुन्छ । यो पशुपतिनाथको अस्त्र हो । उहाँले नै यो ब्रहृमाण्ड सृष्टि हुनुभन्दा पूर्वघोर तपस्या गरी आदि पराशक्तिबाट प्राप्त गरेका थिए । यो अस्त्रले गरेको विनाश दोहोर्‍याएर ठीक पार्न सकिँदैन । महाभारतको युद्धमा पाशुपत अस्त्रको वर्णन पाइन्छ । अर्जुनले शिवजीको आराधना गरी यो अस्त्र प्राप्त गरेका थिए । रामायणमा यो अस्त्र मेघनादसँग थियो जसको प्रयोग उनले लक्ष्मणमाथि गरेका थिए तर शिवजीको कृपाले लक्ष्मणलाई केही भएन ।

पाशुपत अस्त्र, अत्यन्त विध्वंशक हुन्छ । यसको प्रहारबाट बच्न कठिन छ । यो अस्त्र शिव, काली तथा आदि पराशक्तिको अस्त्र हो जसलाई मन, आँखा, शब्द वा धनुषले प्रहार गर्न सकिन्थ्यो । यो अस्त्रलाई आफूभन्दा कमजोर वा कम योद्धामाथि छोड्न हुँदैन ।

श्रेणी ३ ब्रहृमाण्ड अस्त्र ब्रहृमाको सबैभन्दा शक्तिशाली अस्त्र हो जसले उनको पाँच शिरहरूको प्रतिनिधित्व गर्छ । यो ब्रहृमास्त्रभन्दा कैयौं गुणा शक्तिशाली हुन्छ । यसको प्रहारले पूरै विश्वको नाश गर्न सकिन्छ । कैयौं लोकलाई यो अस्त्रबाट नाश गर्ने शक्ति यसमा छ । केवल ब्रहृमपुत्र महर्षि वशिष्ठसँग मात्रै यो अस्त्र भएको वर्णन छ । विश्वामित्रको विरुद्ध युद्धमा वशिष्ठको ब्रहृमाण्ड अस्त्रले विश्वामित्रको ब्रहृमास्त्रलाई खाइदिएको थियो । महाभारतमा यो अस्त्र कसैसँग थिएन ।

विष्णुज्वर अस्त्र भगवान विष्णुको सर्वाधिक शक्तिशाली अस्त्र हो । यो अस्त्रको प्रयोगले भयंकर चिसो उत्पन्न हुन्छ जसले समस्त चर सृष्टिको चेतनालाई लुप्त पारिदिन्छ । यो अस्त्रको कुनै प्रतिकार छैन । यो अस्त्र नारायणको अलावा केवल श्रीकृष्णसँग थियो । शिव पुराण र विष्णु पुराणमा यो अस्त्रको वर्णन छ । वाणासुर विरुद्धको युद्धमा श्रीकृष्णले यो अस्त्रको प्रयोग शिवजीमाथि गरेका थिए ।

शिवज्वर अस्त्र शिवजीको अस्त्र हो जसलाई महेश्वरज्वर पनि भनिन्छ । यो भगवान शिवको महाविध्वंशक अस्त्र हो । यसको शक्ति शिवजीको तेस्रो नेत्र समान छ जसले क्षणभरिमै समस्त सृष्टिलाई भष्मीभूत गर्न सक्छ । यसको पनि कुनै प्रतिकार छैन । श्रीकृष्णको विष्णुज्वरको विरुद्ध यस अस्त्रको प्रयोग गरिएको वर्णन पाइन्छ । विष्णु पुराणमा विष्णुज्वर र शिव पुराणमा शिवज्वरलाई विजेता बताइएको छ । ब्रहृमपुराणमा वर्णित छ कि ब्रहृमाले त्यो युद्धमा संसारको रक्षा हेतु मध्यस्थता गरेर रोकाएका थिए ।

कुनै कालखण्डमा हामी सनातन धर्मावलम्बीहरू यति महान् वैज्ञानिक तथा शक्तिशाली थियौँ किन्तु आज हाम्रै धर्मशास्त्रको सूत्रहरू लिएर पश्चिमाले बनाएको विभिन्न अस्त्रशस्त्र र परमाणु बमहरूबाट हामी आतंकित हुनु परेको अवस्था छ । आज यो सनातन धर्मको उद्गम स्थल हाम्रो देशमा संस्कृत विद्यामाथि विद्यालयहरूमा प्रतिबन्ध लगाइएको छ । आज बाइबल घरघरमा पुग्न लागिसक्यो तर कतै वेद, पुराणादि ग्रन्थहरू भेटिँदैनन् । शासन व्यवस्था सनातन धर्म विनाशक म्लेच्छहरूको हातमा छ, जनता लोभ मोहमा बिकेर म्लेच्छहरूको अनुचर बनेका छन् । कसले यो देश र सनातन धर्मको रक्षा गर्ने ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?