बर्दघाटबाट १९ लाख ८० हजारको टेम्पर ग्लास बरामद

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले १९ लाख ८० हजार बराबरको मोबाईलमा प्रयोग गरिने टेम्पर ग्लास बरामद गरेको छ ।

प्रहरीले बर्दघाट ४ बाट १९ लाख ८० हजार रुपैया मुल्य बराबरको ३० कार्टुन मोबाईलमा प्रयोग गरिने टेम्पर ग्लास नियन्त्रण बरामद गरेको हो ।

बर्दघाटको एक पसलमा अवैध रुपमा भन्सार छलि लुकाई छिपाई राखेको अवस्थामा राखिएको ३० कार्टुन मोबाईलमा प्रयोग गरिने टेम्पर ग्लास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारि सुदर्शन पन्थीले जानकारी दिनु भयो ।

बरामद गरिएको मोबाइल प्रयोग हुने टेम्पर ग्लास नियन्त्रणमा लिई महेशपुर भन्सार पठाइएको प्रहरीले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?