
काठमाडाैं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकता गर्ने कुरामा पार्टी हतारिने पक्षमा नरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नयाँ सत्ता समिकरणलाई वामपन्थी एकताको शुरुवातको रुपमा चित्रण गरिरहेका बेला उहाँले त्यसमा हतार गरिहाल्ने अवस्था नरहेको बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपमहासचिव ज्ञवालीले कार्यकर्ता तहमै भावनात्मक एकता नभएसम्म गरिएको एकता नटिक्ने विगतको अनुभव रहेको दृष्टान्तसमेत प्रश्तुत गर्नुभयो ।
उहाँले अहिले वामपन्थी एकता, सहकार्य, पार्टी एकता लगायतका विषयमा कुनैपनि छलफल नभएको बताउनु भयो । उपमहासचिव ज्ञवालीले आफ्नो पार्टी सरकारमार्फत व्यवस्थामाथि परेको संकट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा केन्द्रित रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले त हामी यो संसद भित्रबाट राजनीतिक स्थायित्व दिने कुरामा केन्द्रित छौं । त्यहाँ चाहे नेकपा (माओवादी केन्द्र)सँग होस, नेकपा एससँगको कुरा होस् । किनभने हिजो हामीले चाहे गरेको एकता बडो सदासहायतापूर्वक गरेका थियौं । अत्यन्त उत्साहित पनि थियौ । तर टिकेन । त्यसो भएको हुनाले विगतका पाठहरुलाई हेर्दै तल उपयुक्त वातावरण नबनिकन, कार्यकर्ता तहमै त्यसले भावनात्मक रुपमा एकता नभईकन माथिको जोडघटाउबाट बनेको एकता चाहीँ टिक्दो रहेनछ भन्ने कुरा यहाँनिर देखिएको छ । त्यसले गर्दाखेरी अहिले हामी त्यसमा हतारिदैनौं । सरकार बलियो बनाउ, सरकार टिकाउ, सरकारबाट डेलिभरी दिउ । दलहरुका बीचमा केही नीतिगत भिन्नताहरु छन् । केही भावनात्मक भिन्नताहरु छन् केही शैलीगत भिन्नताहरु छन् । त्यसमा स्वस्थ बहस चलाउँदै जाउँ । र त्यो कामले बिस्तारैबिस्तारै एउटा भावनात्मक एकता बनाउँदै लग्यो, भावनात्मक रुपमा निकटता ल्याउँदै गर्यो भने सुदूर भविष्यको कुरालाई हामीले इन्कार गर्न सकिँदैन । हामी त सदैव हाम्रो देशमा मूलतः दुई वटा पार्टी बनून । एउटा सेन्टर टु राइट होस्, एउटा सेन्टर टु लेफ्ट होस् । र, एउटा स्थिर राजनीतितिर मुलुक अगाडि बढोस् भन्ने पक्षमा छौं । ढिलो चाँडो मुलुक राजनीतिक ध्र्रुविकरणतिर जानैपर्ने हुन्छ । र, त्यो धुव्रकरणको एउटाको नेतृत्वको निःसन्देह एमालेले गर्ने हो । अर्को धुव्रको नेतृत्व काँग्रेसले गर्ने हो । तर अहिले हामी त्यो वामपन्थी एकता, सहकार्य, पार्टी एकता त्यसको कुनैपनि विषयमा छलफल गरिरहेका छैनौं । अहिले चाहीँ एउटा वैकल्पिक सरकार बनाउने र सरकारको तहबाट डेलिभरी दिएर अहिले प्रणालीमा आईरहेको संकट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा हाम्रो सम्पूर्ण फोकस त्यहाँनेर छ ।’
उपमहासचिव ज्ञवालीले एमालेले बामपन्थी र लोकतान्त्रिक दुई राजनीतिक शक्ति मात्रै मुलुकमा रहनुपर्छ भन्ने मान्यता बोकेको पनि दोहोर्याउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच