काठमाडौं । शिवरात्रिको व्रत ‘निशीथव्यापी’ अर्थात् जुन दिन मध्यरातमा फाल्गुन कृष्ण चतुर्दशी तिथि पर्छ, त्यसै दिन गनुपर्दछ । अर्धरात्रियुता यत्र माघकृष्णचतुर्दशी । शिवरात्रिव्रतं तत्र सोक्श्वमेधफलं लभेत् ।। यहाँ अमान्त मानले माघकृष्ण भन्नाले पूर्णान्त मानले फाल्गुन कृष्ण चतुर्दशीलाई लिनुपर्दछ ।
शिवरात्रिको व्रत गर्दा अश्वमेध यज्ञ गरेसरह फल प्राप्त हुन्छ भनिएको छ । यदि यो व्रत आइतबार र मंगलबार प¥यो भने अझ उत्तम मानिएको छ । यस विषयमा पार्वतीले शिवजीलाई सोध्नुभएको र त्यसको उत्तरमा शिवजीले पार्वतीलाई व्रतको महात्म्य बताउनुभएको छ । नैमिषारण्य क्षेत्रमा सूतजीले शौनकादि ८८००० ऋषिहरूलाई बताउनुभएको कथा यस प्रकार छ ।
दानैर्यज्ञैस्तपोभिश्च व्रतैश्च विविधैरपि ।
न तीर्थैर्यद्भवेत्पुण्यं तत्पुण्यं शिवरात्रितः।। (नारदसंहिता)
शिवरात्रिसमं नास्ति व्रतानामुत्तमं व्रतम् ।
अज्ञानात् ज्ञानतो वापि कृत्वा मोक्षमवाप्नुयात् ।।
मृतास्ते नरकं त्यक्त्वा गतास्ते शिवमन्दिरम् ।। (लिंगपुराण)
अर्थात् दान, यज्ञ, तपस्या र अरू विभिन्न व्रतबाट जुन पुण्य प्राप्त हुँदैन, त्यो पुण्य शिवरात्रिको व्रतबाट प्राप्त हुन्छ । ज्ञानपूर्वक वा अज्ञानवश नै भए पनि यो व्रत गरिन्छ भने ती प्राणीहरू मोक्ष भई शिवलोकमा प्राप्त हुन्छन् ।
शिवको अर्थ हुन्छ, कल्याण। भगवान शिवले सबैलाई कल्याण गर्नुहुन्छ। त्यसमाथि हाम्रो सनातन धर्म संस्कृतिमा विभिन्न चाड पर्वहरू छन्, तीमध्ये रातको नामबाट नामकरण भएका रात्रि नामक चार प्रमुख पवित्र रात्रिहरु छन्।
जस्तो कृष्ण भगवान जन्मिएको रात्रिलाई मोहरात्रि, नवरात्रको महाअष्टमीमा कालरात्रि, लक्ष्मीपूजाको दिनलाई सुखरात्रि र भगवान शिवको प्रिय दिन महाशिवरात्रि।
व्रत र उत्सवमध्ये सबैभन्दा उत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरु शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध र बेलपत्र चढाउने गर्छन्। महाशिवरात्रिका दिन उपवास गरी ॐ नमः शिवायः वा नमः शिवायः मन्त्र मात्रै जपे पनि सर्वसिद्धि प्राप्ति हुने धार्मिक विश्वास रहेको छ।
शिवरात्रिको महत्व व्याधाको कथासँग जोडिएको छ। मृग मार्न गएको व्याधाले मृग पर्खाइमा अज्ञानवश चढाएको बेलपुष्पले नै मोक्ष प्राप्त गरेकाले यस दिनको विशेष महत्व रहेको राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा।डा। माधव भट्टराईले बताए।
कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्रि हो। शिवरात्रिको पर्वलाई पर्वको राजा भनिन्छ। शिवरात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्रि भनिन्छ। यस दिन शिवार्चनका साथै रात्रि(जागरणको विशेष महत्व भएकोले कल्याण चाहने साधकहरुले रातभर जाग्रामसहित विधिपूर्वक व्रत गर्नु पर्ने शास्त्रीय मान्यता छ। भगवान शिव दिव्य ज्योतिर्लिंग स्वरुपमा प्रकट भएको रात्रि नै महाशिवरात्रि हो। महाशिवरात्रिको यस दिन व्रतोपवास गर्ने साधकले शिव लाई शीघ्र प्रसन्न पार्न सक्दछ भन्ने विश्वास छ।
शिवरात्रिका दिन नै ब्रह्माले रूद्ररुपी शिवजी लाई उत्पन्न गरको मान्यता राखिन्छ। यसै दिन शिव पार्वतीको विवाह भएको थियो। यसै दिन भगवान शिवले ज्योतिर्लिंग स्वरुपमा उत्पन्न भई ब्रह्मा र विष्णु लाई दर्शन दिएका थिए।
निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दूग्धाभिषेक र शिव महिमा, कीर्तन, शिवरात्रिको पूजाअर्चनाका मुख्य अंग मानिन्छन्। शिवरात्रिको पालना गर्नाले भुक्ति र मुक्ति दुवै प्राप्ति हुन्छ भन्ने शास्त्रीय मान्यता छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच