काठमाडौं । भ्याली पब्लिक स्कुलको आयोजनामा तेस्रो भ्याली पब्लिक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको दुईसहित १८ टिमको सहभागिता रहने भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले जानकारी गराउनुभयो । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने प्रशिक्षक कमल राईले जानकारी दिनुभयो ।
समूह ‘ए’ मा आयोजक ‘ए’, हिमालयन, प्रशान्ति, पुष्पलाल र सनराइज तथा समूह ‘बी’ मा वेदव्यास, कान्तिपुर, साम्तेन, भद्रकाली र ठुङरम इन्टरनेसनल एकेडेमी (टीआइए) रहेका छन् । त्यस्तै अनिता मिलन, रिपु मर्दिनी, ओम, फेरिल्याण्ड र बाल विकास समूह ‘सी’ मा छन् भने आयोजक ‘बी’, श्रृष्टि ज्ञानभूमि र फ्युजन समूह ‘डी’ मा रहेका छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख ६० हजार रुपैयाँ खर्च हुने भ्याली पब्लिका विद्यालय संयोजक प्रकाश सिग्देलले बताउनुभयो । दुई दिने प्रतियोगिताका खेलहरू सुन्दरबस्तीस्थित आयोजकको नवनिर्मित हलमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच