काठमाडौं । वडा नं. ९ ले अपराजित रहँदै मध्यपुर थिमी नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पहिलो संस्करण पनि वडा नं ९ ले नै जितेको थियो । सातौं चरणमै उपाधि पक्का गरिसकेको वडा नं ९ ले अन्तिम खेलका वडा नं.१ माथि २-१ ले जित निकालेको हो ।
वडा नं ९ को जितमा यमन राजबहाक र सुनिल चक्रधरले गोल गर्नुभयो । वडा नं १ का लागि सविन डंगोलले गोल गर्नुभयो । मध्यपुर थिमि नगरपालिकाको प्रायोजनमा मध्यपुर युथ एशोसियसनले सानो थिमिस्थित मैदानमा आयोजना गरेको लिगमा वडा नं ९ ले लिगका सबै आठ खेल जितेर २४ अंक बटुलेको थियो । टोलीले दुई लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो ।
१९ अंकसहित दोस्रो स्थानमा रहेको वडा नं ५ ले १ लाख २५ हजार, १४ अंकसहित तेस्रो भएको वडा नं ३ ले ६० हजार रुपैयाँ प्राप्त गर्यो । वडा नं ६ चौथो, वडा नं २ पाँचौं, वडा नं. १ छैटौं, वडा नं ८ सातौं, वडा नं ४ आठौं र वडा नं ७ अंक तालिकाको पुछारमा रहृयो ।
वडा नं ९ का यमन राजबहाक प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए र उनले २० हजार रुपैयाँ प्राप्त गर्नुभयो । आठ गोलसहित सर्वाधिक गोलकर्तासमेत रहेका यमनले त्यसवापत १० हजार रुपैयाँ पाउनुभयो । वडा नं ३ का अम्बर श्रेष्ठ उत्कृष्ट गोलकिपर, वडा नं ५ का सुदर्शन श्रेष्ठ उत्कृष्ट डिफेन्डर, वडा नं ३ का विक्रम केसी उत्कृष्ट मिडफिल्डर, वडा नं ९ का तुल्सी भुजु ‘राजा’ उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । उत्कृष्ट सबैले समा १० हजार रुपैयाँ प्राप्त गर्नुभयो । प्रतियोगिताको अनुशासित टोली घोषित हुँदैं वडा नं ७ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगिताका विजयी टोली र खेलाडीहरूलाई मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, पूर्वनगरप्रमुखहरू मदनकृष्ण श्रेष्ठ, मदनसुन्दर श्रेष्ठ, पूर्वउपप्रमुखहरू अञ्जनादेवी मधिकर्मी र मुरारीप्रसाद आचार्य, वडाअध्यक्षहरू, मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंह, उपाध्यक्ष अष्ट कवेले पुरस्कृत गर्नुभयो ।
सो अवसरमा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले प्रतियोगिता मध्यपुर थिमीमा राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरेको र प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी नगरपालिकाको टोली तयार गरिने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच