काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ का अवसरमा महिला स्वास्थ्यमा योगदान पुर्याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकका लागि ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा ल्याएको छ । महिला लक्षित कार्डमार्फत् गरिएको खरिदमा बैंकले कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमका लागि योगदान गर्नेछ ।
यस नवीनतम् योजनाले नगदरहित कारोबारमा प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्नेमा बैंकले विश्वास लिएको छ । कार्डबारे विस्तृत जानकारी सिद्धार्थ बैंकको नजिकैको शाखा कार्यालय वा बैंकको वेबसाइट लिन सकिने पनि बैंकले जनाएको छ । प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले ‘सम्बन्ध सधैं भरिलाई भन्ने नाराका साथ ‘सिद्घार्थ केयर’मार्फत् विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४सै घण्टा गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच